मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

रैनादेबी छहरामा सञ्चालित तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि बेदबेदाङ माध्यमिक विद्यालयलाई

सन्‍तोष गहतराज, शुक्रबार, १७ असार, २०७९

रैनादेबी छहरामा सञ्चालित तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि बेदबेदाङ माध्यमिक विद्यालयलाई

पाल्पा- जिल्लाकाे रैनादेबी छहरामा सञ्चालित तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता सम्पन्न भएको छ । राष्ट्रका लागि खेलकुद,स्वास्थ्यकाे लागि खेलकुद भन्ने मल नाराका साथ तीन दिन सम्म चलेको प्रतियाेगितामा पुरूष तर्फकाे उपाधि बेदबेदाङ्ग मावि सिद्वेश्वरले प्राप्त गरेको छ । रैनादेबी छहरा गाउँपालिका भित्रका १२ वटा मावि विद्यालय मध्ये १० सहभागी रहेका थिए । प्रतियाेगितामा पुरूष तर्फ भैरब माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गरेको छ भने गंगा माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ । त्यस्तै महिला भलिबल तर्फ भैरव माध्यमिक विद्यालय छहरा प्रथम,कालिका माध्यमिक विद्यालय द्वितीय र महाकाली माध्यमिक विद्यालय तृतीय भएका छन । प्रतियाेगितामा विजयी टिमलाई रैनादेबी छहरा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले शिल्ड,मेडल र प्रमाणपत्रले सम्मान गर्नु भएको थियाे । 

कार्यक्रमका प्रमुख अतिथि रैनादेबी छहरा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले स्थानीय स्तरमा आयाेजित कार्यक्रमले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । हरेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूकाे उत्पादन स्थानीय स्तरका खेलकुदकाे माध्यमबाट हुने हुदा गाउँपालिकाले खेल र खेलाडीहरूकाे हितका लागि याेजनाका साथ अगाडि बढेको बताउनुभयो । खेलकुदले खेलाडी उत्पादन मात्र नभइ शारीरिक स्वास्थ्यका लागि समेत अपहार्य रहेको बताउनुभयो । 

कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले रैनादेबी छहराले खेलकुदलाई नीति तथा कार्यक्रममा समावेश गरि खेल र खेलाडीकाे लागि प्राथमिकताका साथ याेजना अगाडि बढाएकाे बताउनुभयो । साथै खेलाडीहरूले मेहनतका साथ राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरमा रूपमा पहिचान बनाउन आर्गह गर्नुभयाे । 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले विजयी टिमलाई बधाई दिदै उप विजेता टिमले आगामी दिनमा अझ मेहनत र लगनशील भई उत्कृष्ट टिमकाे रूपमा पहिचान बनाउन शुभकामना व्यक्त गर्नुभयाे । 

प्रतियाेगितामा छात्र-छात्रा भलिबल,कबडी,हाईजम्प,लङ्गजम्प,सटफुट,खेलहरू सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निशा पाण्डेले जानकारी दिनुभयाे । खेलमा विजयी टिमलाई ट्रफि,प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको बताउनुभयो । 

रैनादेबी छहरामा सञ्चालित तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि बेदबेदाङ माध्यमिक विद्यालयलाई

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif