सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

भारतीय ट्रकको ठक्करबाट भैरहवामा ४० वर्षीय युवकको मृत्यु

भैरब खबर डटकम संवाददाता, शुक्रबार, ३० पुष, २०७८

भारतीय ट्रकको ठक्करबाट भैरहवामा ४० वर्षीय युवकको मृत्यु

रुपन्देहीको भैरहवामा शुक्रबार भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।सद्धार्थनगरको बुद्ध चोकमा लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिका स्थित खुन्साका ४० वर्षीया जीवराज बस्यालको घटनास्थलमै मृत्यु भएको हो ।

बाटो क्रस गर्ने बेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बस्याललाई ठक्कर दिएको थियो । ठक्कर दिएको ट्रकले केही दुरी घिसारेपछि उनको मृत्यु भएको हो ।बुद्ध चोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनी नजिक ल्याएपछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गर्दा क्षति पुगेको छ ।

प्रहरीले ट्रक र चालक प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif