मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

रिब्दीकोट गाउँपालिकाले शुरू गर्यो 'म बनाउछु मेरो रिब्दीकोट'अभियान

सन्‍तोष गहतराज, शनिबार, १२ भाद्र, २०७८

रिब्दीकोट गाउँपालिकाले शुरू गर्यो 'म बनाउछु मेरो रिब्दीकोट'अभियान

पाल्पा-जिल्लाको रिब्दीकोट गाउँपालिकाले'म बनाउछु मेरो रिब्दीकोट'अभियान शुरू गरेको छ । गाउँपालिकाले 'म बनाउछु मेरो रिब्दीकोट' कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरि पास गरेको थियो । गाउँपालिकाको ८ वटै वडाहरूमा सञ्चालित अभियानमा गाउँपालिकाका पदाधिकारी लगाएत स्थानीय नागरिकहरूले स्वयंसेवकको रूपमा रहेर कार्य गर्ने छन ।
  गाउँपालिकाले सामुहिक रूपमा काम गर्ने संस्कार र सस्कृतिको विकास गर्न,साना कार्यहरूलाई समुहिक रूपमा सम्पन्न गरि अत्यावश्यक स्थानमा स्त्रोत तथा साधनको परिचालन गर्न,एकता र सैषुणतालाई मजबुत बनाउन,स्वयंसेवि भावनाको जागृत गराउन,व्यक्ति समाज र पालिका प्रती सबैलाई गर्भ गर्न सक्ने बाताबरण सिर्जना गर्नका लागि गाउँपालिकाले अभियान सञ्चालन गरेको छ । 

अभियानको शुभारम्भ  गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नुभएको थियो । अभियानको शुभारम्भको पहिलो दिन गाउँपालिकाको कार्यालय देखि बतासे सम्म सरसफाइ गरिएको छ । सरसफाइ अभियान निकै उत्साहका साथ गाउँपालिकाका पदाधिकारी,स्थानीय पाटीका नेता तथा कार्यकर्ता लगाएत स्थानीय नागरिकहरूको सहभागी रहेको थियो । 

म बनाउछु मेरो रिब्दीकोट अभियान हरेक महिना सञ्चालन हुने छ । अभियानले महिनाको एक दिन पालिकाका ८ वटै वडाहरूमा सरसफाइ लगाएतका कार्यहरू सञ्चालन गर्नेछ । 

कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले प्रत्येक नागरिकले आफ्नो काम आफै गर्छु भन्ने भावनाको जागरूकता गराउनका लागि अभियान सञ्चालन गरेको बताउनुभयो । नागरिकहरूले सबै कार्यको लागि स्थानीय सरकारको भरपर्नु पर्ने प्रवृति रहेको परिस्थितिमा उक्त प्रवृतिलाई हटाइ स्वालम्बी एवम जिम्मेवारी बोध गराउनका लागि अभियान शुरू गरेको बताउनुभयो । गाउँपालिकाले आगामी दिनमा महिनाको एक पटक अनिवार्य रूपमा अभियानलाई पालिकाका ८ वटै वडाहरूमा सञ्चालन गर्ने बताउनुभयो । अभियानले सरसफाइ युक्त गाउँपालिका बनाउन सहयोग गर्नुका साथै नागरिकहरूलाई कर्तव्य निष्ठ एवम जिम्मेवारीबोध गराउन सहयोग पुर्याउने अपेक्षा रहेको बताउनुभयो । 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत पवन अर्यालले गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समावेशी गरि स्वयंसेवी रूपमा आफ्नो पालिकाको लागि योगदान पुर्याउछु भन्ने उधेश्यका साथ अभियानको सञ्चालन गरिएको बताउनुभयो । पालिकाको लागि मासिक रूपमा एक दिन स्वयमसेवा गर्न पाउने नीति तथा कार्यक्रम रहेकोले कार्यक्रमलाई निरन्तरता दिनको लागि पालिका भरि अभियान शुभारम्भ गरेको बताउनुभयो । अभियानको शुरूवातमा नागरिकहरूको उत्साहजनक उपस्थिति रहेकोले आगामी दिनमा थप नागरिकहरूको उत्साहजनक उपस्थिति हुने अपेक्षा रहेको बताउनुभयो ।  यस अभियानले समृद्ध रिब्दीकोट बनाउन टेवा पुर्याउने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले रिब्दीकोट गाउँपालिकाले पालिकाका ८ वटै वडाका सार्वजनिक स्थानहरूमा अभियान शुचारू गरिएको बताउनुभयो । अभियानमा स्वतह स्फुर्त रूपमा नागरिकहरू स्वयंसेवकको रूपमा उत्साहका साथ सहभागी रहेको बताउनुभयो । अभियानले सुन्दर एवम समृद्धि रिब्दीकोट बनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत मन्जु पन्थी,स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी,शिक्षा शाखा प्रमुख मणि खनाल,प्रशासन शाखा प्रमुख रूक्लाल भट्टराई लगाएत पाटीका नेताहरू,स्थानीय वृद्विजिवि ,समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

रिब्दीकोट गाउँपालिकाले शुरू गर्यो 'म बनाउछु मेरो रिब्दीकोट'अभियान

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif