भैरब खबर डटकम संवाददाता, बुधबार, १५ असार, २०७९
पाल्पाको रैनादेवी छहरा ४ मा रहेको पाखुरे सामुदायीक बनले आफ्नो सामुदायीक बन भित्र ८ हजार दालचिनिको बिरुवा रोपण गरेको छ ।
सामुदायिक वन स्थानीय बासिन्दाका लागि आवश्यकता पूर्ति गर्ने स्थान मात्र नभई वनका जडिबुटी आम्दानीका स्रोत बन्ने उद्धेश्य राखेर सामुदायिक वनले स्थानीयलाई घाँस–दाउरामात्र होइन, आपद पर्दा बनले आम्दानी दिने कुरा पाखुरे सामुदायीक बनले उपभोक्ताहरु लाई सिकाउन समेत थालेको छ । पाखुरे सामुदायीक बनका अध्यक्ष नल बहादुर रानाले सामुदायीक बनमा रहेको खाली जमिनमा चेजपत्ताको बिरुवा रोप्नुपर्छ भन्ने मान्यता राखेर त्यसले उपभोक्तालाई चाँडो आम्दानी दिनसक्छ । बन बिना मानव जगतको कल्पना पनि गर्न सकिदैन त्यसैले बृक्षा रोपणा आवश्यक रहेको कारण आफु पटक पटक लुम्बिनी प्रदेश सरकारसंग सहयोग मागेर स्थानीय उपभोक्ताको जिवन आम्दानीसंग जोड्न लागी परेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी डिभिजनल वन अधिकृत दिपक ज्ञवाली, बिशिस्ट अतिथी वन,वातावरण तथा भु संरक्षण मन्त्रालयका योजना अधिकृत सन्त थिङ्ग , रिब्दिकोट सब डिभिजन प्रमुख उपेन्द्र अर्याल,डिभिजन वन कार्यालयका योजना अधिकृत रामचन्द्र लामा, वन ब्यबस्थापन अधिकृत संयोग बस्नेत लगायतले बाझो जमिनलाइ हरियाली सङ्गै उत्पादनमा रुपान्तरण गर्नको लागि आजको दिनबाट सुरुवात गरि वनमा रहेका जडिबुटी पहिचान गरी आम्दानीको स्रोत बनाउन सकियोे भने स्थानीयका घरघरमा समृद्धि आउने र सबै उपभोक्ताहरु आर्थिक रूपमा आत्मनिर्भर बन्ने बताउनभयो । पाल्पाको पश्चिम भेगमा रहेको यो बनले करिब २ घण्टामा ८ हजार बिरुवा रोपण गर्नु जिल्लामै नमुना काम गरेको जिल्ला बनले जनाएको छ । पाखुरे सामुदायिक वनको ऐशेलु गैरा ब्लकमा आयोजित बृहत् तेजपात रोपण महा अभियान स्थानीय उपभोक्ताहरुको ब्यापक सहभागीता रहेको थियो । कार्यक्रममा समितिका पदाधिकारीहरु,पुर्ब पदाधिकारीहरु र उपभोक्ताहरुको उपस्थीति रहेको थियाे ।