सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

तानसेन नगरपालिकाले नागरिकलाई उधमशिल बनाउनका लागि उधमशिलता तालिम प्रदान

सन्‍तोष गहतराज, शुक्रबार, ३० पुष, २०७८

तानसेन नगरपालिकाले नागरिकलाई उधमशिल बनाउनका लागि उधमशिलता तालिम प्रदान

पाल्पा- जिल्लाकाे,तानसेन नगरपालिकाले नागरिकलाई उधमशिल बनाउनका लागि उधमशिलता तालिम प्रदान गरेको छ । गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम( मेडपा) अन्तर्गत तानसेन वडा न ३ का ४० जना नागरिकलाई उधमशिल बनाउनका लागि  उधमशिलता विकास तालिम प्रदान गरिएको हाे । कार्यक्रम तानसेन नगरपालिकाकाे आयाेजना र ग्रामीण आर्थिक विकास संघ रेडाकाे समन्वय सम्पन्न भएको हाे । 

तालिममा व्यवसायीक सचेतना टिप इ तथा व्यवसाय शुरू टि ओ एस इ र लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण जि इ एस एइ सम्बन्धि प्रशिक्षण प्रदान गरिएको हाे ।  

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी देवि पाठकले तानसेन नगरपालिकाले व्यवसाय सञ्चालन गरेका व्यवसायी थप उधमशिल बनाउन एवम नयाँ व्यवसाय सञ्चालन गर्नका नागरिकहरूलाई उधमशिल बनाउनका लागि तालिमले सहयोग पुर्याउने बताउनुभयो । स्वदेशमा राेजगारीकाे अवसर नपाई बैदेशिक राेजगारमा भाैतारिएका युवाहरू एवम युवतीहरूलाई केन्द्रित गरि उधमशिलता तालिम प्रदान गरेको बताउनुभयो । नगरपालिकाले विदेशबाट राेजगारी गुमाएर स्वदेश फर्किएका युवाहरूलाई उत्पादनमूलक कार्यमा जाेडी उधमशिलताकाे साथसाथै आत्मनिर्भर बनाउनका लागि विनाधिताे ऋण प्रदान गर्ने कार्यकाे थालनी गरेको बताउदै युवाहरू स्वराेजगार मुलक कार्यमा जाेडिन चाहेमा नगर सरकारले सहयोग पुर्याउने बताउनुभयो । साथै महिलाहरू श्रीमान कमाइमा निर्भर नभइ आफु स्वराेजगार हुनुपर्ने बताउनुभयो । नगर सरकारले हाल महिलाहरूलाई मध्ये नजर गर विभिन्न स्वराेजगारका कार्यक्रम ल्याएकोले घरमाे चुलाेचाैकाेमा मात्र सिमित नभइ उत्पादन मुलक कार्यमा जाेडिइ आत्मनिर्भर हुन आर्गह गर्नुभयाे । 

 कार्यक्रममा कार्यपालिका सदस्य सुनिता बैजुले तालिमले महिलाहरूलाई थप उधमशिल बनाउनका लागि सहयोग पुग्ने बताउनुभयो । साथै तालिममा सिकेका कुरालाई व्यवहारिकतामा उतारि स्वराेजगार हुन आर्गह गर्नुभयाे । कार्यक्रममा इविक काेडिनेटर हिरामणी पराजुली,रूस्मा घिमिरे,वडा सचिव मिरा क्षेत्री,सावित्री सुन्धाैली,पार्वती कुमाल लगाएतकाे उपस्थिति रहेको थियाे । तालिम वडा न ३ का वडा अध्यक्ष महेशलाल शाक्यकाे अध्यक्षता सम्पन्न भएको थियाे ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif