बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

मानवअधिकार तथा शान्ति समाजका पाल्पाको अध्यक्षमा देवकोटा

सन्‍तोष गहतराज, सोमबार, ३ आश्विन, २०७९

मानवअधिकार तथा शान्ति समाजका पाल्पाको अध्यक्षमा देवकोटा

पाल्पा- मानवअधिकार तथा शान्ति समाज पाल्पाको अध्यक्षमा रेणुका देवकोटा सर्वसहमतिले चयन हुनुभएको छ । मानवअधिकार तथा शान्ती समाज पाल्पा शाखाको ११  औँ जिल्ला अधिवेशन तथा २२ औँ साधारणसभाबाट अध्यक्षमा देवकोटा चयन हुनु भएको हो । यस अघि देवकोटा पाल्पा शाखाको उपाध्यक्ष रहनुभएको थियो । सस्थाको उपाध्यक्षमा सन्त वीर बराल,सचिवमा सुशिला  रेग्मी,सहसचिवमा अशोक घिमिरे,कोषाध्यक्षमा इन्दिरा ज्ञवाली चयन हुनुभएको हो । सदस्यहरूमा सरिप गहतराज,केशव राज अधिकारी,जमुना पोखरेल,रमा पन्थ,चिरञ्जीवी खनाल,स्वस्तिका श्रेष्ठ,केशरी बस्नेत, लगाएत १५ सदस्य कार्यसमिति गठन भएको हो ।

सस्थाको प्रेस संयोजकमा पत्रकार सन्तोष गहतराज चयन हुनुभएको छ । युवा संयोजक सुनित्रा घर्ती मगर ,सल्लाहकारमा पुर्व सभापति कृष्ण बहादुर रावल,निवर्तमान सभापति अरूण ज्ञवाली र पुर्व सभापति शिव प्रसाद देवकोटा रहनुभएको छ । उद्घाटन सत्रको कार्यक्रम पाल्पा जिल्लाका निवर्तमान सभापति अरूण ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि न्यायाधीश कमल राज विष्टले सस्थाले  मानवअधिकार,लोकतन्त्र र अहिसाका बारेमा आवाज बुलन्द गर्दै आएको बताउनुभयो ।  न्यायाधीश,नागरिक समाज,मानवअधिकार कर्मी एवम पत्रकारले न्यायका पक्षमा सत्य, तथ्य र स्वतन्त्रताको पक्षमा आवाज उठाउने ,अन्यायमा परेकालाई न्याय दिलाने र गलत गर्नेलाई कानुनी दायरामा ल्याउन खबरदारी गर्ने कर्तव्य रहेको बताउदै यस्ता बिषयमा सबै पक्ष चनाखो भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । संविधान दिवसको अवसरमा मन्तव्य राख्दै न्यायाधीश विष्टले देशको मुल कानुन संविधान रहेको बताउनुभयो । संविधानमा नागरिक मौलिक हक अधिकारको व्यवस्था रहेको छ । ती संविधानमा भएका हक अधिकार कति लागू भएका छन, छलफल र बहसको बिषय बनाउनुपर्ने बताउनुभयो । संविधानले नागरिकहरूको मौलिक हक अधिकारको व्यवस्था गरेको छ । ती मौलिक हक र अधिकारलाई सुनिश्चितता गर्दै  गलती गर्नेलाई कानुनी दायरामा ल्याउन र अन्यायमा पर्नेले न्याय पाउनु पर्ने कुरामा गम्भीरतापुर्व अगाडि बढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले सस्थाले देश व्यापी रूपमा विभिन्न मानवअधिकारका बिषयहरूलाई आत्मसाथ गर्दै आन्दोलनहरूमा सस्थाका पदाधिकारीहरू स्वयंसेवि रूपमा परिचालन गरि अगाडि बढाएकाे बताउनुभयो । सस्थाले विगत लामो समय देखि वातावरण,हिमाल बचाउ अभियान,सरसफाइ,लागू पर्दाथ दुर्वेशनि  विरूद्वको अभियान ,छोरी पढाउ अभियान  लगाएत राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरका मुद्दाहरूलाई सशक्त रूपमा उठाउदै आएको बताउनुभयो । देशमा राजनीति परिवर्तनसँगै  समावेशि संविधान आएको छ । राजनीति परिवर्तन भएता पनि   मानवअधिकार,शान्ति लोकतन्त्रको र अहिसाको बिषयमा नागरिक  अनुभुतिका गर्न नपाएको बताउनुभयो । नेपालको शिक्षा प्रणाली अझै बैज्ञानिक नभएको र   व्यवहारिकता नभएको बताउनुभयो । विद्यार्थीले शैक्षिक ज्ञान हासिल गरिरदा उत्पादन,बजार समावेश गरि शिक्षा जोड्न नसक्ने बताउनुभयो । देशमा लामो समय संघर्ष गरि ल्याएको संघीय लोकतन्त्र खतरामा रहेको बताउनुभयो ।  राजैनातिक दलको आपसी लडाइका कारण स्वतन्त्रहरूको उदय भइरहेको छ । जस्ले गर्दा नेपाली जनताले ल्याएको लोकतन्त्रिक व्यवस्थामा आच आउने होकि भन्ने गम्भीर जटिलता देखा परेको बताउदै राजनीति दलहरूले संवैधानिक व्यवस्थालाई बलियो बनाई लोकतन्त्र गतिविधि अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । 

सरकारी वकिल कार्यालयका न्यायिधिवक्ता रवि न्यौपाने मानवीय अधिकार र न्याय एक अर्काका परिपुरक रहेकाले मानवअधिकारको रक्षा गर्न प्रेरणा सस्थालाई  मिलोस शुभकामना  व्यक्त गर्नुभयो ।  

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजमा केन्द्रीय उपसभापति कृष्ण बहादुर रावलले सस्थाले मानवअधिकार,शान्ति,लोकतन्त्र र अहिसाका  ४  आधार स्तभलाई आधार मानि क्रियाकलाप अगाडि बढाएको बताउनुभयो । मानवका हरेक नैरसहिक अधिकार एवम  ३१ वटा मौलिक हकको स्वतन्त्र रूपमा  प्रयोग गर्न पाउनु पर्ने कुरालाई केन्द्रीत गरि आफ्ना गतिविधिलाई देशव्यापी रूपमा अगाडि बढाएको बताउनुभयो । कार्यक्रममा नागरिक समाजका अगुवा,बुद्धिजीवी ,समाजसेवी मीन बहादुर केसि , कलाकार चित्रवली राम सुवाल, केन्द्रीय सचिव मिना ढकाल ,नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्ति न्यौपाने,प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझी,पाल्पा जिल्ला सस्थापक सभापति शिव प्रसाद देवकोटा लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अवसरमा सस्थामा योगदान पुर्याउनु भएका व्यक्तित्वहरूलाई कदर पत्रले सम्मान गरिएको थियो । 

कार्यक्रममा पाल्पा शाखाका निर्वतमान  सचिव सन्तविर बरालले आव २०७७-८९ को प्रविदेन र सभापति अरूण ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । पाल्पामा वि स  २०५६ सालमा शुभारम्भ भएको सस्था मानवअधिकार तथा शान्ति समाज पाल्पा शाखाले  मानवअधिकार,लोकतन्त्र ,शान्ति र अहिसाका बारेमा राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरमा आवाज बुलन्द गर्दै आएको छ ।

मानवअधिकार तथा शान्ति समाजका पाल्पाको अध्यक्षमा देवकोटा

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif