रमेश राना, बुधबार, २८ बैशाख, २०७९
पाल्पा:- जिल्लाको माथागढी गाउँपालिका वडा नं.-७, रहवासको धनुवाटोलमा ढुंगा-माटोले पुरेर ७८ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ।
घर लिप्नको लागि घरदेखि करिब एक किलोमिटर टाढा रहेको बनमा गएर रातो माटो खन्ने क्रममा एक्कसी साढें चार फिट गहिरो भागबाट ढुंगा-माटो खसी पुरेर माथागढी-७, रहवास- धनुवाटोल कि ७८ वर्षीया वृद्धा महिला रिमा सरा लाम्काहा भन्ने डिल्ली सरा लाम्काहाको १२:१५ बजेको समयमा घटनास्थलमै मृत्यु भएको जानकारी जिल्ला प्रहरी निरीक्षक गौतम बोहराले दिनुभयो। सोधपुछका क्रममा लाम्काहा करिब १०:०० बजे बिहानको खाना खाएर घर लिप्नको लागि रातो माटो लिन गएको जानकारी १३ वर्षीय नाती तिल बहादुर लाम्काहाले दिए। हजुरआमाको साथमा आफू पनि गएको नाति तिल बहादुरले बताएका थिए।
नातीले भित्रबाट माटो खनेको र मृतक हजुरआमाले अलि बाहिर बसेर बोरामा माटो भर्ने क्रममा एक्कसी ढुंगा माटो खसी दुवैलाई पुरेकोमा नाति चाहिँ जबर्जस्त आफै प्रयास गरि बाहिर निस्केको पनि बताएका थिए। तर मृतक हजुरआमालाई ढुंगा-माटोले पुरेको देखेर हारगुहार गरेको त्यस वरिपरि कोही नभएर गाउँमा आएको पनि बताएका थिए।