शुक्रबार, १५ मंसिर, २०८०

प्रथम श्रीनगर डेरी ब्याडमिन्टन कपको उपाधी थापा र शारूको टिमलाई

सन्‍तोष गहतराज, आईतवार, ८ माघ, २०७९

प्रथम श्रीनगर डेरी ब्याडमिन्टन कपको उपाधी थापा र शारूको टिमलाई

पाल्पा-प्रथम श्रीनगर डेरी ब्याडमिन्टन कप प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगिता श्रीनगर डेरी मिल्क एण्ड स्विट हाउस तानसेन पाल्पा आयोजना तथा फुलबारी ब्याडमिन्टन कबडहलको समन्वयमा सम्पन्न भएको हो ।
प्रतियोगीतामा  प्रहरी नायव उपरीक्षक ( डि एस पि )विरेन्द्र थापा र गंगा शारूको टिम प्रथम भएका छ । द्वितीयमा बल बहादुर राना र थमन गाहा,तृतीयमा डम्बर राना र जन्दीप न्यौपाने त्यस्तै तृतीयमा सुरज थापा र भुपेन्द्र थापाको टिम भएका छन । प्रतियोगीतामा प्रथम टिमले १२ हजार नगद,सिल्ड ,मेडल र प्रमाण पत्र,द्वितीयले ८ हजार र तृतीय दुबै टिमले जनही ४ हजार सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । विजयी टिमलाई पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ र श्रीनगर डेरी मिल्कका प्रोपराइटर रोमाकान्त न्यौपानेले पुरस्कार प्रदान गर्नु भएको थियो । खेलमा ३२ टिमको सहभागी रहेको आयोजकले जनाएका छन । खेलमा प्रेणादायीक खेलाडी नरेन्द्र शाक्य,राइजिङ्ग प्लेयर श्री कृष्ण अग्रहरी,वेस्ट प्लेयर पिताम्बर राना, अनुशासित खेलाडी आकाश मल्ल र डावा लामा  भएका छन । उत्कृष्ट खेलाडीहरूलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले स्थानीय स्तरमा आयोजित यस्ता प्रतियोगितात्मक खेलकुदले खेलाडीको उत्पादन एवम पहिचान गर्न सहयोग पुर्याउने बताउनुभयो । खेलले खेलाडी उत्पादन मात्र नभइ शारीरिक स्वास्थ्य र आपसमा भाइचाराको सम्बन्ध कायम गराउन समेत महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । 
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति  हिमाल दत्त श्रेष्ठ, श्रीनगर डेरीका व्यवस्थापक  रोमाकान्त न्यौपाने,सशस्त्र प्रहरी बलका डि एस पि उत्तम उध्धव बन,तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,खेल संयोजक कृष्ण अग्रहरी,निर्णायक सर्वेन्द्र मान मलेगो लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नारायण युवा क्लबका अध्यक्ष  किशोर दर्शन बज्राचार्य अध्यक्षतामा र क्लबका सचिव विनायक महर्जनको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रथम श्रीनगर डेरी ब्याडमिन्टन कपको उपाधी थापा र शारूको टिमलाई

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif
advertisement_1687345401.jpeg
advertisement_1687400319.jpg
advertisement_1687490009.jpg
advertisement_1687490043.jpg
advertisement_1687494158.jpg
advertisement_1687490073.jpg
advertisement_1687662807.jpg
advertisement_1687662910.jpg
advertisement_1687662959.jpg
advertisement_1687688098.jpg
advertisement_1687691041.jpg
advertisement_1687691183.jpg