सन्तोष गहतराज, मंगलवार, ७ असार, २०७९
पाल्पा- जिल्लाको रैनादेबी छहरा गाउँपालिका वडा न ३ भुवनपोखरीमा बर्थिङ्ग सेन्टर तथा प्रयोगशाला सेवा शुभारम्भ भएको छ । एक औपचारिक कार्यक्रमका बिच रैनादेबी छहरा गाउँ सरकारका प्रमुख रूक्मागत भट्टराईले शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रम रैनादेबी छहरा गाउँपालिकाको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष भट्टराईले गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई अब्बल बनाई अगाडि बढाउने बताउनुभयो । स्वास्थ्य क्षेत्र अन्य क्षेत्र भन्दा संवेदनशील हुने हुदा गाउँपलिकाले स्वास्थ्य क्षेत्रकाे संवेदनशीलतालाई मध्ये नजर गरि स्वास्थ्यमा अामुल परिवर्तन गर्ने गरि योजनाका साथ अगाडि बढ्ने बताउनुभयो ।
हाल पालिकाको भुवनपोखरीमा बर्थिङ्ग सेन्टर तथा प्रयोगशाला सेवा सुभारम्भ भएको र आगामी दिनमा गर्भवती महिलाहरू सुत्केरी हुनका लागि पालिका भन्दा बाहिर जान नपर्ने बताउनुभयो । स्वास्थ्य परिक्षण गर्नका लागि नागरिकहरूलाई टाढा जानु पर्ने परिस्थिति रहेता पनि हाल स्वास्थ्य चौकीबाट स्वास्थ्य परिक्षण सेवा शुभारम्भ गरिएको बताउदै स्वास्थ्य उपचारमा नागरिकहरूको पहुच पुग्न सहजता हुने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित वडा सदस्यहरु , विभिन्न राजनीतिक दलका प्रमुखहरु , पुर्व जनप्रतिनिधिहरु , छहरा स्वास्थ्य चौकी प्रमुख राकेश बस्नेत क्षेत्री, जुठा स्वास्थ्य चौकी प्रमुख मनिश आचार्य, बल्ढेङ्गगढी स्वास्थ्य चौकी प्रमुख ध्रुव वली, भुवनपोखरी वडा सचीव प्रदिप भुसाल , विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरु, भुवनपोखरी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु एवं सामाजिक व्यक्तित्वहरु लगायतको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रम वडा अध्यक्ष प्रदिप पौडेलको अध्यक्षता र गाउँपालिकाका स्वास्थ शाखा प्रमुख जीवन रानाको विशिष्ट आतिथित्यतामा सम्पन्न भएको थियो ।