सन्तोष गहतराज, बिहीबार, १६ असार, २०७९
पाल्पा- जिल्लाकाे तानसेन नगरपालिका वडा न २ मेहल धारामा रहेको डे केयर सेन्टरका फरक क्षमता भएका विद्यार्थीहरूलाई एक कार्यक्रमका बिच शैक्षिक सामाग्री सहितकाे झाेला तथा विद्यार्थीहरूलाई बस्नकाे लागि फर्निचरका सामाग्री स्वरूप कुर्सी,टेबल वितरण गरिएको छ । कार्यक्रम लुम्बिनी प्रदेश कानुन महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकाे आर्थिक सहयोग र पाल्पा सिवि आर कार्यक्रमकाे सहकार्य सञ्चालन भएको हाे । कार्यक्रममा फरक क्षमता भएका २० जना अपांग बच्चाहरूलाई शैक्षिक सामाग्री एवम फर्निचर एक औपचारिक कार्यक्रमका बिच सस्था पुर्व अध्यक्ष समेत रहनु भएका तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेष लाल श्रेष्ठले वितरण गर्नुभएको हाे ।
कार्यक्रम प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख श्रेष्ठले पाल्पा सिवि आरले विगत २५ बर्ष देखि फरक क्षमता भएका बालबालिकालाई हाेम भिजिट एवम स्कुलकाे माध्यमबाट निरन्तर रूपमा सरकारले गर्नु पर्ने कार्य सस्थाले गर्दै आएकाेमा प्रशंसा गर्नुभयो । सस्थाकाे लागि नगर सरकारले खाधान्न उपलब्ध गराएकाे बताउदै सस्थाकाे लागि याे आर्थिक बर्षका लागि १ लाख बजेट नगर सरकारले विनियोजन गरेको बताउनुभयाे । साथै आगामी बर्ष सस्थाकाे स्थायित्व हुने खालकाे कार्यक्रम नगर सरकारले प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो । फरक क्षमता भएका बालबालिका तथा व्यक्तिहरूलाई शैक्षिक कार्यमा संलग्न बनाउने एवम उपचार पद्धतिमा निस्वार्थ रूपमा अगाडी बढेको सस्थासँग आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा सिङ्जालीले मानसिक र शारीरिक रूपमा फरक भएका विद्यार्थीलाई मानवीय सेवाभावले जुन सामाजिक कार्य सस्थाले गरेको छ, उक्त कार्य प्रशंसानिय रहेको बताउनुभयो । तानसेन नगरपालिकाले नीति तथा कार्यक्रममा फरक क्षमता भएका नागरिकलाई बजेट विनियोजन गरेको बताउनुभयो । फरक क्षमता भएका व्यक्तिमा पनि कुनै न कुनै क्षमता हुने हुदा फरक क्षमता भएका नागरिकलाई सबैले प्राेत्साहित गर्नु पर्ने कुरामा जाेड दिदै नगरसरकारले गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले पाल्पा सिविआर कार्यक्रमले सरकारले गर्नु पर्ने काम सस्थाले गरेको बताउदै तानसेन नगर सरकारले शैक्षिक सस्थाकाे रूपमा विकास गर्नु पर्ने बताउनुभयो । अपांगता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याई समाज समान आर्थिक,सामाजिक,सास्कृतिक हक अधिकारकाे सुनिश्चितता गराउनुपर्ने बताउनुभयो । साथै वडा कार्यालयले विगत बर्षहरूमा सस्थाकाे लागि विभिन्न सहयोगका कार्यहरू गरेको बताउदै आगामी दिनमा पनि निरन्तर रूपमा गर्ने बताउनुभयाे ।
कार्यक्रममा पाल्पा सिवि आर कार्यक्रमका अध्यक्ष हेमन्त मुनि शाक्यले सस्थाले मस्तिष्क पक्षघात भएका बालबालिकाहरूलाई आश्रय दिदै आएकाे बताउनुभयो । विगत २५ बर्ष देखि विद्यार्थीहरूलाई शिक्षित बनाउने र अभिभावकलाई विभिन्न उधमशिलता कार्यक्रमकाे माध्यमबाट आत्मनिर्भर बनाउने कार्य सस्थाले गरेको बताउनुभयो । सस्थाले गृहभेट कार्यक्रम,आयआर्जनका कार्यक्रम,दिवा स्याहार केन्द्र संचालन,हिसापिडित महिलाहरूकाे लागि सुरक्षित आवास गृह संचालन,समावेशी वातावरण शिक्षा,अक्षयकोष संचालन लगाएतका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । कर्मचारीकाे लागि तलब व्यवस्थाकाे अभाव,विद्यार्थीहरूलाई ल्याउन लाग्न सवारीसाधन अभाव रहेको बताउनुभयो । कार्यक्रममा पाल्पा उधाेग वाणिज्य संघका महासचिव शैलेन्द्र भट्टराई,तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,तानसेन वडा न ४ का वडा अध्यक्ष बाबू रत्न शाक्य,पाल्पा सिवि आर कार्यालय प्रमुख कृष्ण गहतराज लगाएतकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रम सस्थाका उपाध्यक्ष मधु दयाल शैजुकाे स्वागत मन्तव्यमा र सस्थाका सचिव ज्ञानु कार्कीकाे संचालनमा सम्पन्न भएको थियाे ।