भैरब खबर डटकम संवाददाता, शनिबार, २९ माघ, २०७८
काठमाडौ- डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई ईन्टरनेट सेवा प्रदान गर्ने भएको छ ।कम्पनीले आफ्ना ग्राहकहरूको सेवा सुविधा र आवश्यकतालाई मध्येनजर गर्दै हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरूको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको हो ।
नेपालमा नै पहिलो पटक लेटेस्ट वाइफाइ टेक्नोलोजीको वाईफाइ सिक्स राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्ने छन् । डिशहोमले ल्याएको वाईफाइ सिक्स राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्टर स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ ।
यस राउटरमा eAI (Artificial Intelligence), Gigabit Access, Dual-band Smart Steering, Seamless Roaming, Multi-Level Protection, More Connection & Mesh Networking जस्ता विशेषताहरू रहेको कम्पनीले दावी गरेको छ ।