भैरब खबर डटकम संवाददाता, बुधबार, १९ माघ, २०७८
काठमाडौँ । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले द बिग अफर सबै सित्तैमा याेजना ल्याएकाे छ ।
यस याेजनामा ग्राहकले छुट, बाेनसका साथै राउटर सित्तैमा पाउने कम्पनीले जनाएकाे छ । यसरी ल्याइएकाे भारी छुटसहितको बिग अफर नेपालमै पहिलो भएकाे कम्पनीकाे दाबी छ ।क्लासिकका ग्राहकले तोकिएका प्याकेजमा १५ प्रतिशत नगद छुट, ६ महिना बोनस (तीन महिना इन्टरनेट र ३ महिना आईपीटीभी) र फाइभ जीएचजेड डुअल ब्यान्ट राउटर एकैसाथ पाउनेछन् ।
यसबारे क्लासिक टेकमा फोन ९८०२९२२३०४अथवा फेसबुकमार्फत जानकारी लिन सकिने कम्पनीले जनाएकाे छ । साथै कम्पनीकाे वेबसाइट www.classic.com.np मा गएर थप जानकारी लिन सकिनेछ।यस्तै कम्पनीले आफ्ना ग्राहकलाई राउटर र फाइबर आफैँले नचलाउन अनुरोध गर्दै कम्पनीको स्मार्ट इन्स्टालेशन टिमले घरमै आएर सित्तैमा डुअल ब्यान्ड फाइभ जीएचजेड राउटर अपग्रेड गरिदिने बताएकाे छ।
याे राउटरले अनलाइन कक्षा, गेमिङ, डाउनलाेड, भिडियाे कल लगायतमा निकै सुधार आउने कम्पनीले दाबी गरेकाे छ । देशका विकसितदेखि दुर्गममा इन्टरनेटको पहुँच पुर्याउनुका साथै कम मूल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।