सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

सूचना प्रविधिको महत्व र विकास

मोहित रूचाल, बुधबार, २१ पुष, २०७८

सूचना प्रविधिको महत्व र विकास

विज्ञान र प्रविधिले आज विश्वमा टाढा–टाढा छरिएर रहेका देशहरु पनि नजिक हुन पुगेका छन् । सूचनाको माध्यम रेडियो, टी.भी.,पत्रपत्रिका टेलिफोनको माध्यमबाट एकै ठाउँमा बसेर संसारका गतिविधि अवगत गर्न सक्छौं । गाडि, हवाइजहाज आदिबाट हामी एक ठाउँबाट अर्को ठाउँमा छोटो समयमा पुग्न सक्दछौं । विभिन्न किसिमका सूचना माध्यमबाट हामी राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय गतिविधिसित सम्बन्धित रहेका छौं । सूचना भन्नाले भाषा, हाउभाउ, इसारा, चित्रज्ञान, तथ्यांक, रङ्ग, नक्सा र क्रियाकलाप आदि विभिन्न माध्यमबाट दुई व्यक्ति वा समूहबीच गरिने सूचना र जानकारीलाई जनाउँछ । लेखक, हेराइ स्पर्श, संकेत चार्ट र डायग्राम आदिबाट पनि सूचनाको प्रवाह हुने गर्दछ ।बुझाउन खोज्नेले राम्ररी बुझाउनु र बुझ्नुपर्नेले बुझ्नुमा सूचनाको धारणा अडेको छ ।

सञ्चार एक व्यक्तिबाट अर्को व्यक्तिमा सूचना तथा ज्ञान पुर्याअउने प्रक्रिया हो । सामान्यतया सूचना प्रविधि भन्नाले कम्प्युटर, सूक्ष्म, विद्युतीय यन्त्र दूर सञ्चारको एकीकृत प्रविधिलाई बुझाउँछ । सन् १९०६ को दशकपछि निकै गति लिन सफल माइक्रोचीव र माइकको प्रोसेसरको विकास स्वरूप कम्प्युटरको चलनले गति लिएपश्चात् सूचना प्रविधिले पनि विस्तारै आफ्नो बाटो बनाउन सुरु गरेको हो । सूचना प्रविधिको अर्थ गतिमा मात्र सीमित भने छैन । साधारणतया कहिलेकाही सूचना प्रविधिको समग्र स्वरूपलाई समेट्न सक्दैन । बहुसञ्चार ओभरहेड प्रोजेक्टर स्व्यानर डिम्लेक्ग सिप्टग, नेटवकिंड कम्प्युटर इत्यादि डिजिटल इलेक्ट्रोनिक साधनयुक्त प्रविधिलाई एकीकृत रूपमा उपयोग गर्ने प्रमुख माध्यमको रूपमा कम्प्युटर रहेको हुन्छ । हामी सूचना प्रविधि भन्न सक्छौं । सूचना प्रविधिले संगठनका लक्षहरू कामदारहरूमा जानकारी गराउने गर्दछ । कार्य सन्तुष्टि र उत्प्रेरणाका आधारहरू पनि अभिवृद्धि गर्ने कार्य गर्दछ । व्यवस्थापनलाई शीघ्र र सही निर्णय लिने कार्यमा सहयोग पु¥याउने काम पनि सूचनाले गर्दछ । अर्को कुरा सूचनाबाट औद्योगिक अशान्ति हटाउनमा मद्दत गर्दछ । सूचना वा सन्देशलाई भाषामा लेख्ने काम गर्दछ र उसका सूचनाको संकेत, भाव वा इसारा गरिन्छ ।

सूचनाको माध्यम भनेको सूचना पठाउने साधन हो, उसमा साधनको छनौट गरिन्छ । आधुनिक व्यवस्थापनको युगमा सूचनाको अत्यन्त महत्व छ । सूचना जति प्रभावकारी, विश्वसनीय, भरपर्दो र शुद्ध हुन सक्छ त्यत्तिकै संगठनको निर्णय क्षमता नेतृत्व र उत्पादकत्वमा सकारात्मक प्रभाव पर्छ । व्यवस्थापनको आधुनिक अवधारणामा उसलाई व्यवस्थापकीय सूचना प्रणाली पनि भनिन्छ । सूचना प्रणालीबाट निर्णय गर्नमा सहयोग गर्नुको साथ योजना बनाउनु र त्यसको सफल कार्यान्वयनमा सहयोग प्रदान गर्दछ । सूचनाबाट मूल्यांकन र अनुगमन गर्नमा समेत सहयोग गर्दछ । सूचना प्रविधिले व्यवस्थापन परिवर्तन उन्मुख हुन आधारशीलाको निर्माण गर्दछ र संगठनभित्र सद्भाव, सहयोग र आपसी सम्बन्धको विकास भई औद्योगिक अशान्ति उत्पन्न नै हुने सम्भावनाको विकास गर्दछ ।

संगठनमा सूचनाको धेरै महत्व छ । सूचनाले नै संगठनको उद्देश्य प्राप्त गर्न मद्दत मिल्दछ । संगठनमा आउने धेरैजसो समस्याहरू सूचनामय नै सम्बन्धित हुन्छन् । संगठनमा कार्यरत कुनै पनि व्यक्तिले समयमा सूचना नगरिदिँदा वा सो व्यक्तिले सही सूचना नगर्दा वा सूचना गर्नुपर्ने कार्य समयमा सम्पादन नहुन सक्छ । प्रभावकारी रूपमा सूचनाले संगठनको प्रत्येक काम प्रभावकारी रूपमा सम्पादन हुने गर्दछ । अनुसन्धान कार्यबाट यो पुष्टि भएको छ कि व्यवस्थापकको ८० प्रतिशतभन्दा बढी समय सूचना कार्यमा नै व्यतित भएको हुन्छ । व्यवस्थापकले गर्नुपर्ने कार्यहरू जस्तै योजना संगठन, निर्देशन तथा नियन्त्रणसँग सम्बन्धित प्रत्येक व्यवस्थापकीय गतिविधिमा सूचनाको आवश्यकता पर्दछ र योजना बनाउनको लागि पनि सूचनाको आवश्यकता पर्दछ ।

संगठन कार्यको लागि कार्य विवरण अधिकारीको प्रत्यायोजन गर्दा सूचनाको लिखित रूपमा आवश्यकता पर्दछ र नेतृृत्व र निर्देशनको लागि पनि सूचनाकै आवश्यकता पर्दछ । सूचना प्रत्येक व्यक्तिको लागि आवश्यक छ । सूचनाको अभावमा बाँच्न गाह्रो मात्र होइन जीवन कष्टकर समेत हुन्छ । संगठनहरूको लागि पनि सूचना अति नै आवश्यक महसुस गरिएको छ । नयाँ किसिमको वस्तुको विकास गर्न, बजारमा माग सिर्जना गर्न तथा वस्तुप्रति सम्भाव्य उपभोक्ताहरूको लागि सूचनाको आवश्यक हुन्छ । व्यापारिक जगत्मा सूचनाको भूमिका मानव शरीरमा रगतझै महसुस गरिएका छ ।

रगतको सञ्चालन ठीकसँग नभएमा मानव शरीरले काम गर्न नसक्ने, प्रभावकारी सूचनाको अभावमा व्यापार÷व्यवसाय सञ्चालन गर्न अति नै गाह्रो हुन्छ । केन्द्रको नीति निर्देशन र निर्णयहरू जिल्ला, अञ्चल क्षेत्रमा पठाउन पनि प्रशासनलाई सिर्जना सेवाको सहायता आवश्यक पर्दछ । आजका संस्थाहरू दिन प्रतिदिन विशाल हुँदै गइरहेको सन्दर्भलाई विचार गर्दा असंख्य सूचनाहरू संकलन गर्नुपर्ने र उपरोक्त सूचनाहरूलाई जग्गा गर्ने सुरक्षा गर्ने विश्लेषण गर्ने जस्ता थप कार्यहरू जटिल बन्दै गएका छन् । सूचनाहरूलाई अद्यावधिक पार्ने कार्यमा आजकाल नयाँनयाँ प्रविधिहरूले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यी नयाँनयाँ प्रविधिहरूको प्रयोगबाट धेरै सूचनाहरू थोरै समयमा नै प्रशोधन विश्लेषण गर्ने कार्य सम्भव भएको छ । यी प्रविधिहरूले गर्दा सही सूचनाहरू थोरै समयमा नै प्राप्त गर्न सकिने र यसको प्रयोगबाट अत्यन्त जटिल कार्यहरू पनि सरलताका साथ सम्पन्न गर्न सकिने भएको छ । संसार छोटो र विश्व साँघुरिँदै गइरहेको वर्तमान परिवेशमा पनि यही आधुनिक सूचना प्रणालीको विकासबाटै सम्भव भएको छ ।

आज विश्वको कुनै कुनामा केही घटना घटेमा त्यसको प्रत्यक्ष असर तुरुन्तै संसारभर थाहा पाउन सकिनु नै यस प्रविधिको सफल प्रयोगबाट सम्भव भएको हो ।सूचना प्रवाहको काम रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूले अहिले आएर सुपथ मूल्यमा दुइतर्फ सञ्चारको इन्टरनेट प्रविधिले सरल ढंगले ज्ञान सूचना प्राप्त गर्न शैक्षिक प्रणालीमा गुणात्मक फड्को मार्ने र व्यापार प्रवद्र्धनमार्फत् आर्थिक अभिवृद्धि गर्ने अभूतपूर्व अवसर प्रदान गरेको छ । नीतिनिर्माण कार्यान्वयन तहमा सुधार गर्ने तथा जनहितको लागि राज्यव्यवस्थापनलाई सक्षम र प्रभावकारी बनाउने अवसर पनि यस प्रविधिले प्रदान गरेको छ । यस परिप्रेक्ष्यमा सूचना तथा सञ्चार प्रविधिले सार्थक विकास प्रक्रिया सूचना तथा सञ्चार प्रविधिमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । औद्योगिक क्रान्ति र हरितक्रान्तिमा पछाडि परेको नेपालले सबभन्दा पछिल्लो सूचना क्रान्तिबाट लाभ लिन पर्याप्त सम्भावना छ ।नेपाल सूचना प्रविधिको विकास परिसूचकमा १ सय ४२ औं स्थानमा परेको छ ।

कम्प्युटरको प्रयोगमा वृद्धि भई देशमा स्तरीय सञ्चार नेटवर्कको विकास, निजी क्षेत्रबाट इन्टरनेट, इमेल सेवाको सुरुवात, व्यापारिक क्षेत्रमा अत्यधिक प्रयोगमा ल्याउन सकिने प्रविधिको विकास, विभिन्न कम्प्युटरसम्बन्धी गैरसरकारी तालिम संस्थानहरूको वृद्धि कारणले गर्दा पनि नेपालको सूचना प्रविधिमा अभिवृद्धि हुँदै आएको छ । समयको अन्तरालसँगै हुलाक सेवाको विकास र विस्तार गर्ने चिठीपत्रको माध्यमबाट विकसित हुँदै आएको सञ्चार प्रविधिमा वैज्ञानिक आविष्कारको प्रतिफलस्वरूप टेलिफोन, आकाशवाणि, फ्याक्स, टेलिप्रिन्टर आदि विभिन्न आधुनिक मेसिनहरूले यसै क्षेत्रमा सुगमता ल्याएका छन् । यसै क्रममा रेडियो, टी.भी. खबर पत्रिकाहरू समेत संघारको आधुनिक प्रविधि बनेको छन् जसले छोटो समयमा खबर आदानप्रदान गर्न सजिलो भएको छ ।
नेपालको कुल जनसंख्याको ३० दशमलव ७० प्रतिशत जनताको पहुँचमा इन्टरनेट पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत माघ महिनासम्ममा ८१ लाख ४६ हजार नौ सय १० जनाले इन्टरनेट डाटा सेवा लिएका छन् । सामाजिक सञ्जाल फेसबुकका कारण हातहातमा इन्टरनेट पुगेपछि प्रयोगकर्ता बढेका हुन् । पछिल्लो जनगणनाअनुसार कुल नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहेको छ । मोबाइल फोनबाट इन्टरनेट प्रयोग गर्नेको संख्या ७६ लाख ८१ हजार तीन सय ९२ रहेका छन् जसमा नेपाल टेलिकमको मोबाइलबाट जीपिआरएस, थ्रिजी र डब्लुपिसिडीएम प्रयोग गर्ने ३८ लाख ३४ हजार ७३ जना रहेका छन् । त्यसैगरी एनसियलको प्रयोगकर्ता ३८ लाख ५७ हजार तीन सय १९ रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक रहेको छ । २०६८ माघ महिनामा कुल जनसंख्याको १५ दशमलव ७५ प्रतिशत ४१ लाख ८९ हजार जना इन्टरनेट प्रयोगकर्ता थिए । दुई वर्षमा करिब १५ प्रतिशतले बढेको हो ।
सूचनाको एउटा कमजोर पक्ष के हो भने यसको सही कार्यान्वयनमा पटक–पटक अवरोध आइपर्दछ । खास गरी मौखिक सूचनामा यो अवरोध बढी मात्रामा देखिन्छ । तोकिएको सूचना ठीक ढंगले प्रवाह नभएमा यसो हुन पुग्दछ । प्रभावकारी सूचनामा अवरोध उत्पन्न गर्ने कारक तत्वहरू यस प्रकारका छन्, उपर्युक्त सञ्चार प्रक्रिया र योजनाको अभाव उपयुक्त माध्यमको अभाव, तथ्यांकको अपर्याप्तता, भाषागत समस्या अभिरुची र लापरबाही, संगठनमा धेरै स्तरको विद्यमानता आदि समस्याहरू देखा परेका छन् । कुनै पनि बजार क्षेत्रको सम्पूर्ण भागमा एउटै भाषा बोलिँदैन र स्वाभाविक रूपमा भाषिक विविधता देखिन्छ । तसर्थ कुनै एक भाषामा तयार पारिएको सन्देश एउटा समूहको लागि उपयुक्त हुन सक्छ भने अर्को समूहले त्यो सन्देश भाषा नबुझेको कारणले गर्दा बुझ्न सक्दैन । अर्को कुरा समाजमा भ्रम सिर्जना हुने, आपसी मेलमिलापको वातावरण बिग्रने र जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावनाले गर्दा सरकारले केही अवस्थाहरूमा स्वतन्त्र किसिमको सन्देश प्रसारणमा रोक लगाएको हुन्छ ।

केही सामाजिक नियम वा मान्यताहरू हुन्छन् र त्यसै नियमभित्र रहेर मानिसहरूले जीवनयापन गरिरहेका हुन्छन । केही सन्देशको प्रसारणले त्यस किसिमको सामाजिक भावनामा ठेस पुग्न सक्छ जसले गर्दा सूचनाको प्रभावकारितामा वृद्धि हुनुको साटो भ्रम सिर्जेको हुन सक्छ । यसका साथसाथै स्पष्ट सन्देश तथा सूचनाले सञ्चारलाई प्रभावकारी पार्दछ भने अस्पष्ट सूचनाले भ्रम मात्र सिर्जना गर्ने होइन समय र साधनको पनि दुरूपयोग हुने गर्दछ । सञ्चार क्षेत्रमा उपलब्ध अत्याधुनिक प्रविधिको कारण हुलाक सेवामा पत्रको आदानप्रदानमा कमी आएपछि हुलाक सेवाको विविधीकरणमा ध्यान पु(याउन सकिएको छैन ।

दूरसञ्चार र चलचित्र क्षेत्रमा संख्यात्मक वृद्धि भए ताप निगुणात्मक वृद्धि हुन सकेको छैन । राष्ट्रिय सञ्चारमाध्यमको रूपमा गोरखापत्र,नेपाल टेलिभिजन र रेडियो नेपालले राष्ट्रिय दायित्वको रूपमा विभिन्न भाषा भाषीको समाचार तथा कार्यक्रमहरू प्रकाशन÷प्रसारण गर्नुपरेको कारणले यी संस्थाहरूको आर्थिक दायित्व बढेको छ तर सरकारी कार्यक्रम र विज्ञापनमा निजी एफ.एम., टेलिभिजन तथा छापामाध्यमहरूको समेत सहभागिता भएको कारणले राष्ट्रिय प्रसारण संस्थाहरूले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । देशको विविधतापूर्ण भौगोलिक अवस्थितिका कारण राष्ट्रिय प्रसारणहरुले थप भूमिका निर्वाह गर्दै अघि बढ्नु थप चुनौती रहेको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif