शुक्रबार, १० चैत्र, २०७९

अमेरिकामा हजारौँ कैदीलाई कारगारबाट रिहा गरिँदै

भैरब खबर डटकम संवाददाता, शनिबार, १ माघ, २०७८

अमेरिकामा हजारौँ कैदीलाई कारगारबाट रिहा गरिँदै

वासिङटन । अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षअघि हस्ताक्षर गरेको ‘अपराधी न्याय सुधार कार्यक्रम’लाई कार्यान्यवन गरिने भएको छ । जसअनुसार यसै साता हजारौँ संख्यामा कैदीहरूलाई संघीय कारगारबाट अन्यत्र सारेर विशेष कार्यक्रममा सरिक गराइने अमेरिकी न्याय विभागले जनाएको छ ।

विभागले बिहीबार संघीय अभिलेखमा प्रकाशित सूचनाअनुसार यस अवधिमा कैदीहरूलाई आफ्नो अपराध बापत पाएको कैद सजाय घटाउनसक्ने कार्यहरूमा अग्रसर गरिने बताइएको छ । जसले गर्दा उनीहरू तोकिएको समयभन्दा पहिल्यै रिहा हुन पाउनेछन् । यस कानुनका लागि अमेरिकाका दुवै राजनीतिक पार्टीले सहमति जनाएका थिए ।

यस कानुनले न्यायधीशहरूलाई न्यूनतम सजाय तोक्ने वैधानिक सहजता प्रदान गर्ने तथा अपराधीहरूलाई सजाय तोक्दा थप होसियार बनाउने बताइएको छ । कतिजना कैदीलाई यस कार्यक्रमका लागि छाडिने भनेर निश्चित संख्या तोकिएको छैन । तर न्याय विभागले यो कानुन हजारौँ कैदीमा कार्यान्वयन हुनसक्ने जनाएको छ । 

सन् २०१८ को डिसेम्बरमा हस्ताक्षर भएको यस कानुनअनुसार कारगारमा विभिन्न सकारात्मक सामाजिक कार्यक्रममा ३० दिन सम्म सहभागी भएबापत कैदीहरूले १० देखि १५ दिनको कैद मिनाहा सहुलियत पाउने छन् ।

यस्ता कार्यक्रम अन्तर्गत उनीहरूले रिस व्यवस्थापन र लागुऔषध कुलतको उपचारदेखि शैक्षिक काम र सामाजिक सिपका कक्षाहरूमा संलग्न हुन सक्नेछन् ।

न्याय विभागको महानिरीक्षकले कारगारहरूको ब्युरोले अझै सम्म यस्ता कार्यक्रममा सहभागी भइसकेका करिब ६० हजार संघीय कैदीको कैद समय मिनाहा कार्यान्वयन नगरेको विषयमा चिन्ता व्यक्त गरेको दुई महिनापछि यो ठोस कदम चाल्न अन्तिम सूचना जारी गरिएको हो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif