भैरब खबर डटकम संवाददाता, सोमबार, २१ चैत्र, २०७८
सतिश चापागाई/अमेरिका- बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(बाना) को आइतबार भएको निर्वाचनमा अध्यक्ष पदमा सुबोध विलास पन्त निर्वाचित भएका छन। पन्त दोश्रो कार्यकालका लागि निर्वाचित भएको हुन।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा लक्ष्मी भारती, उपाध्यक्षमा भीम केसी(सर्वसम्मत), महासचिवमा सागर घिमिरे, सचिवमा हिरा खत्री(सर्वसम्मत), कोषाध्यक्षमा पार्वती सिंह श्रृचा निर्वाचित भएका छन। बानाको कार्यकारी समितिको सदस्यहरूमा क्रमश: बसन्त बस्नेत, भुपेन्द्र गुरुङ, इशा गुरुङ, खिमबहादुर मश्रांगी, सन्तोष घिमिरे, सरू विश्वकर्मा, श्यामकृष्ण कोईराला र यमुना घिमिरे विजयी भएका छन।
निर्वाचन अत्यन्तै सौन्दर्यपूर्ण, वातावरणमा सम्पन्न भएको र विजयी उमेद्वारहरूलाई छिट्टै सपथ ग्रहण र प्रमाण पत्र वितरणको कार्यक्रम राखिने निर्वाचन आयुक्त डाक्टर कृष्ण ढकालले जानकारी दिएका छन।
दुई हजार दुईसय ६३ सदस्य भएको बानामा एक हजार ४ सय ६३ मत खसेको थियो।