भैरब खबर डटकम संवाददाता, शनिबार, २५ असार, २०७९
काठमाडौं - श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् ।राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चार माध्यम डेली मिररले जनाएको छ ।
विपक्षी दल र आम नागरिकले विरोधपछि सरकार कर्प्यू हट्यो भने शनिबार विहानैदेखि देशका विभिन्न भागबाट मानिसहरु कोलम्बोमा जम्मा हुन थाले । मानिसहरु रेल, बस, ट्रकजस्ता यातायातका साधन चढेर कोलम्बो आएका थिए ।
करिव दिउँसो १ बजेतिर प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास परिसरमा देखिए । केहीबेरमै ठूलो भीड जम्मा भयो । केही प्रदशर्नकारी मेन गेटमा चढेर परिसरमा घुसे ।प्रदर्शनकारीलाई रोक्न सुरक्षाबल अश्रुग्यास, पानीको फोहोराका साथै गोलीसमेत हानेको थियो ।
केही मानिस घाइते पनि भएका छन् । तर सुरक्षा बलको घेरा तोड्दै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् ।