भैरब खबर डटकम संवाददाता, मंगलवार, १७ फाल्गुन, २०७८
भारतले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ ।
खारकिएभमा गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीटरमार्फत् जानकारी दिएका हुन् । उनका अनुसार भारतीय नागरिकलाई सुरक्षित त्यहाँबाट निकाल्नका लागि विदेश सचिव रुस र युक्रेनका अधिकारीसँग कुरा गरिरहेका छन् ।
केही घन्टा अघि मात्र भारतले आफ्ना नागरिकलाई युक्रेनको राजधानी किभबाट तुरुन्त निस्कन आग्रह गरेको थियो । भारतीय नागरिकलाई उपलब्ध साधनवाट त्यहाँबाट निस्कन युक्रेनस्थित भारतीय दूतावासले आग्रह गरेको बीबीसीमा उल्लेख गरिएको छ ।