बुधबार, ११ जेष्ठ, २०७९

आउ युवा हातेमालो गरौँ!

लेखक/रचनाकार, बुधबार, ४ फाल्गुन, २०७८

आउ युवा  हातेमालो गरौँ!

आउ - युवा  हातेमालो गरौँ!
समृद्धि र परिवर्तनका लागी खबरदारी गरौँ।

गर्विलो इतिहास जोगाउनका लागी गरौँ।
सुन्दर भविष्य बनाउनका लागी गरौँ।
वैदेशिक हस्तक्षेप लाई परास्त गर्नको लागी गरौँ।
स्वाधीन राष्ट्रवाद लाई जगाउनको लागी गरौँ।

आउ - युवा  हातेमालो गरौँ!!

लोकतान्त्रिक गणतान्त्रिक संविधान रक्षाका लागी गरौँ।
शान्ति सुव्यवस्था र सुशासन कायम गर्नका लागी गरौँ।
अवसर-सहभागिता र समानताको ग्यारेन्टीका लागी गरौँ।
समाजवाद हुँदै साम्यवाद सम्म को यात्राका लागी गरौँ।


आउ - युवा  हातेमालो गरौँ!

अरबमा बगेको रगत र पसिना रोक्नका लागी गरौँ।
युरोप र अमेरिकामा हराएको युवा खोज्नका लागी गरौँ। 
बेरोजगारीले निम्त्याएको दुर्घटना रोक्नका लागी गरौँ।
रेमिटान्सले धानेको अर्थतन्त्रलाई उकास्नको लागी गरौँ।

आउ - युवा  हातेमालो गरौँ।

भ्रष्टाचार र अवसरवाद को अन्त्य गर्नका लागि गरौँ।
श्रम-सिप र रोजगारी को ग्यारेन्टी गर्नका लागी गरौँ।
गरिब-श्रमजीवी जनजिवन लाई उकास्नका लागी गरौँ।
परिवर्तन र समृद्धि को बिगुल फुक्नको लागी गरौँ। 

आउ - युवा  हातेमालो गरौँ।

युवा सहभागिताको लागि गरौँ।
पुस्तान्तरणका लागी गरौँ।
नेतृत्व हस्तान्तरणका लागी गरौँ।
सक्षम नेतृत्व स्थापितका लागी गरौँ।

-लेखक: सागर कार्की 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif