लेखक/रचनाकार, आईतवार, २७ चैत्र, २०७८
प्रतेक स्थानीय तहका
महानभाव ज्युहरुले भन्छन् ,
दिलाउने बाल अधिकार ।
बाल तथा समाजलाई सेवा गर्नुकाे नाममा गर्दै छन् , भ्रष्टाचार ।।
काम र सहयोग गर्ने थाेरै ,
बजेट पचाउने धेरै
यी हुन बाल अधिकार ।
बालअधिकार तथा समाजहरुलाई
सेवा गर्ने महानभाव ज्युहरुले गर्दैछन् ,
नवलपरासीमा भ्रष्टाचार ।।
यी कुराहरुले नै जनाउछ बालअधिकार ।
नेपाल सरकारले संविधान काे दफाहरुमा खुलाएको छ , बालअधिकार ।।
सेवा गर्ने महानभाव
ज्युहरुले गर्दैछन् ,
बहिस्कार ।
यी कुराहरुले नै जनाउछ बालअधिकार ।।
सायरी ,गजल ,सहि सुचना ,
निष्पक्ष समाचार , बाल रचना , बाल लेख ,
बाल सन्देश यी सबै हुन बालअधिकार ।
सरावल गाउँपालिका वडा नम्बर -६ बस्ने
पत्रकार महेश यादव ले लेख्द छन
सबै समाजलाई जनचेतना दिने शब्दका किताब ।।