बुधबार, ११ जेष्ठ, २०७९

भाषा

लेखक/रचनाकार, बिहीबार, २७ माघ, २०७८

भाषा

पहिचान हाम्रो चिनारी राम्रो भाषाले जनाउँछ
वरपर जाँदा घरमा बस्ता जहाँ पनि चाहिन्छ
माध्यम हो भाषा मनका कुरा मुखले बोल्दछ
भाषानै भुले परिचय छिन्छ जीवन लुछिन्छ।

भाषाको माध्यम मनका कुरा साटासाट गरिन्छ
संवाद मिल्छ माया प्रिति बस्छ दुई मुटू जोडिन्छ
मनका कुरा मनैमा राखी कुहाउनु पर्दैन्
भावना मनका प्रस्तुत गर्न डराउनु पर्दैन्।

कसरी भयो भाषाको बिकास उदेकमा पर्दछु
अलगै भाषा बोलेको सुन्दा तिनछक्क पर्दछु
पशुले जस्तो किन एउटै भाषा मानिस बोल्दैन?
कसरी भन्नु ?मानिस ज्ञानी आफनु भाषा चाँहँदैन।

धर्म संस्कृति परिचय हाम्रो भाषाले प्रबल
भाषा भूले पहिचान गुम्छ स्वाभिमान दुर्बल
अनाजको बिज जसरी भाषा जोगाउँनु पर्दछ
ताजमहले शिर झुक्दछ लाजले तारीफ गिर्दछ।

भाषालाई भिख मागेर कहिले हासिल हुँदैन
खरिद गर्न बजारमा जाँदा काँहि पनि पाईदैन्
कदाचित इतिहास बन्न नपुगोस यो भाषा हाम्रो
इतिहास बनोस भाषाको बरू आधर राम्रो।

शब्दकोश भित्र सिमित शब्दले गर्दैछन् बिलाप !
पल्टाएर”पाना नखोज्नु भोली “आमा”को स्व-अर्थ
महत्तोपुर्ण सधै भाषालाई मानौ नबनाउँ अधुरो
पीरले छाती पोल्दछ सुन्दा भाषाको दुरपयोग।

नसा रगत मष्तिष्क भरि भाषा सधै बगोस
शुद्ध रहोस प्यारो हाम्रो भाषा मिश्रण नबनोस
देस बिदेश पुगोस यो भाषा हाम्रो सूर्य झै चम्कियोस
रमाईलो पार्दै गाँउ घरलाई सहर बजार टल्कियोस।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif