चुरामणि तिमिल्सिना, शनिबार, १४ फाल्गुन, २०७८
पाल्पा-रुरुक्षेत्र धाम, रिडीमा साहित्यकार डा .जगन्नाथ रेग्मीद्वारा सम्पादित कृति कालीगण्डकी : संस्कृति र सम्पदा नामक पुस्तक परिचर्चा नामक कार्यक्रम सपन्न भएको छ ।
पर्वतमा जन्मिएका डा जगन्नाथ रेग्मीले २०७६ सालमा विमोचन गरेको पुस्तकको औपचारिक कार्यक्रमका साथ समीक्षा गरिएको हो । पाल्पा साहित्य समाज पाल्पाको आयोजनामा कार्यक्रम गरिएको हो । अग्रज साहित्यकार हाम्रो पुरुषार्थ पुस्तकका सम्पादक शशि पन्थी कार्यक्रममा प्रमुखको अतिथि रहनु भएको थियो। डा. रेग्मीद्वारा सम्पादित कृतिको कार्यक्रममा रुरु संस्कृत विद्यापीठका उपप्राध्यापक मेघराज शर्माले समीक्षा गर्नु भएको थियो । परिचर्चा कार्यक्रममा प्राध्यापक, विद्यार्थी, जनप्रतिनिधि, स्थानीय समाजसेवी, लेखक, कवि तथा अन्य महानुभावहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्कृत माध्यमिक विद्यालय, रिडी, गुल्मीका, ब्रह्मचर्याश्रम, गायत्री गुरुकुलम् ,हृषीकेश , पाल्पाका बटु तथा अन्य कवि-कवयित्रीहरूले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा हृषीकेश मन्दिर व्यवस्थापन समितिब्रह्मचर्याश्रम उपप्रमुख तुल्सीकुमारी श्रेष्ठल गायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै कार्यक्रममा आयाेजकका तर्फबाट पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगाेपाल सिंहले रूरूक्षेत्रकाे संरक्षण र विकासका लागि अब सबै अघि बढ्नु पर्ने कुरामा जाेड दिनु भयाे । कार्यक्रममा प्रमुख अतिथि शशि पन्थीले कालीगण्डकी र यस क्षेत्रकाे विशेषताका बारेमा सम्पादन गरेकाे यस पुस्तकले विशेष भूमिका खेल्ने विचार राख्नु भएको थियो । परिचर्चा गरिएको कृतिका सम्पादक डा. रेग्मीले आफ्नो सानो प्रयास भएको र अब मुक्तिनाथदेखि देवघाटधामसम्मकाे महत्त्वकाे खाेजी र संरक्षणमा सबै जुट्नुपर्छ भन्ने धाराणा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम उद्धघाटन सत्रमा चन्द्रकला खनालकाे स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष पुस्करराज रेग्मीले आफ्ना शुभकामना मन्तव्यसहित कार्यक्रम समापन गर्नु भएको थियोे ।
कार्यक्रम पाल्पा साहित्य समाजका सदस्य तथा श्रष्टा कमल क्षेत्रीकाे सञ्चालन भएको थियो।