भैरब खबर डटकम संवाददाता, शनिबार, ३१ बैशाख, २०७९
स्याङ्जा - स्याङ्जा वालिङ- १४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाकाे ज्यान गएकाे छ । १० जना घाइते भएका छन् ।
मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे ग २ च ३०२६ नम्बरकाे जीप पर्वत जोड्ने माथिल्लो सडकबाट झरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाईतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयाे ।
अहिले उद्धारको कार्य जारी छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ । घाइतेहरुको गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लैजाने तयारी भइरहेको प्रहरीको भनाइ छ ।