बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

आज हरितालिका तीज , नेपाली हिन्दु नारीहरुले व्रत बसेर मनाउँदै

भैरब खबर डटकम संवाददाता, मंगलवार, १४ भाद्र, २०७९

आज हरितालिका तीज , नेपाली हिन्दु नारीहरुले व्रत बसेर मनाउँदै

नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज (मंगलबार) परेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा हरितालिका तीज मनाउने गरिन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरूले भगवान महादेव (शिव) को पूजा आराधना गरेर व्रस्त बस्दै मनाउने प्रचलन छ । 

भगवानको आराधनासहित आजका दिन महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन् ।हिन्दू नारीहरुको महान चाड तीजको दोस्रो दिन आज ब्रत बसेर मनाईदै छ । अर्थात् सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउन गरेको उपवास ब्रतलाई हरितालिका तीज भनिएको मान्यता हिन्दू धर्ममा उल्लेख छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला ब्रत बसेको हुनाले यसलाई हरितालिका तीजको ब्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।

हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका ब्रतमा पतिको लामो आयुको कामना गरी निराहार ब्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर ब्रत तोड्ने परम्परा छ । परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको ब्रत बस्ने गर्दछन् ।

भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने ब्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रुपमा मीठामीठा परिकार खाने चलन छ ।

तीजको दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा गरिन्छ । यस चाडलाई नारी स्वतन्त्रताको प्रतीकका रुपमा पनि लिने गरिन्छ । सरकारले महिला कर्मचारीका लागि आज बिदा दिएको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif