मंगलवार, १४ मंसिर, २०७८

advertisement_1619539395.gif

छठ पर्व एक महिमा अनेक : एमाले नेता यादव

भैरव संवाददाता, बिहीबार, २५ कार्तिक, २०७८

छठ पर्व एक महिमा अनेक : एमाले नेता यादव

सुरेश यादव ,नवलपरासी / कातिक २५ । 

छठ पर्व मध्यदेशिय प्रकृति पुजकहरुको महान पर्व भएको नेकपा एमालेका युवा नेता भगौती प्रसाद यादव(रुदल) ले बताएका छन् । रामग्राम १२ कसिया स्थित झरहीघाटमा आयोजित छठ पुजा समारोहमा उनले छठ पर्व एक महिमा अनेक भएको कुरा बताएका हुन् । 
समारोहका प्रमुख अतिथी समेत रहेका यादवले प्राचिन कालमा मगधका तत्कालिन सम्राट अशोकको बेला देखी चलनमा रहेको यस्तो पर्व अहिले रुपान्तरित हुदै यो अवस्थामा आएको बताएका थिए । सम्राट अशोकले भगवान बुद्धको अस्थि धातु रहेको स्तुप खनाउदै संसार भरि ८४ हजार स्थानमा वितरण गरि स्तुप बनाउन लगाएका थिए । ति स्तुपमा स्थानियबासीहरु साझ विहान ध्यान,पुजापाठ गर्दै आएका थिए ।

 पछि त्यही परम्परा परिवर्तित हुदै अहिले जलासयको किनारमा स्तुपको स साना प्रतिमा बनाई पुजापाठ गर्दै गर्न थालेका थिए । अहिले यो छठ पर्व तिब्र रुपमा विस्तार हुदै भारत  र नेपालमा मात्रै सिमित नभई विश्व स्तरमा बढदै गएको उनको भनाई थियो । सबै मानव समुदाय तथा प्रकृतिको पुजा गर्ने समुदायको आस्थाको केन्द्र बनेको छठ पुजालाई सरकारी तथा स्थानिय तहबाट ब्यवस्थित बनाउदै लैजानु पर्नेमा उनको जोड थियो । 
 
छठ पुजाले सिमसार,नदीनाला लगायतका पानीको स्रोतको संरक्षण गर्न पनि आवश्यक रहेको बताए । उनले भने,"यसलाई आस्था र श्रद्धाको विषय मात्रै नभई प्राकृतिक सन्तुलन तथा मानव जिवनसँग जोडेर हेर्नु पर्छ ।" पर्व एक छ,तर महिमा अनेक छ । यसलाई सबैले आत्म सात गर्नु पर्नेमा उनले जोड दिएका थिए ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif