चुरामणि तिमिल्सिना, बिहीबार, २२ बैशाख, २०७९
गुल्मी - बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटना भएको छ । गुल्मीको पुर्तिघाटमा बिहीबार लु २ ख ८४९ नम्बरको ट्रक दुर्घटना भएको पुर्तिघाट प्रहरी चौकीका प्रमुख विष्णु बहादुर गाहाले जानकारी दिए ।
ट्रक कालीगण्डकी करिडोरको कालीगण्डकी गाउँपालिका ३ होसमारी खोलामा सडकबाट करिब १५ मिटर तल खसेको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।