चुरामणि तिमिल्सिना, सोमबार, २० असार, २०७९
गुल्मीको रुरु क्षेत्र गाउँपालिका लाई एक कार्यक्रमका विच पुर्ण पोषण मैत्री गाउँपालिका घोषणा गरिएको छ। आज सम्पन्न कार्यक्रम मार्फत गाउँपालिका भरका सम्पुर्ण स्वास्थ संस्थाहरुमा ब्यानर अनावरण तथा प्रमाणपत्र हस्तान्तरण गरि पोषण युक्त गाउँपालिका को रुपमा घोषणा गरिएको हो ।
यस्तै कार्यक्रम मार्फत वडा न ४ का २० जना स्वास्थ स्यवसेविका, सु-आहारा स्वास्थ कार्यालय गुल्मी, एकिकृत ग्रामीण विकास समाज गुल्मी का साथै गाउँपालिकाका स्वास्थ शाखा प्रमुख लाई कदर पत्रले सम्मान गरिएको आयोजकले बताएको छ । वडा स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशन समिती र बलेटक्सार स्वास्थ चौकीको आयोजनामा कार्यक्रम आयोजनाका कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आथित्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी अध्यक्ष ज्ञवालीले समग्र रुपमा स्वास्थ्य क्षेत्रमा क्रमिक रुपमा सुधारत्मक कार्यक्रमलाई बजेट विनियोजन गरिएको करिब दुई महिनाको एक पटक घुम्ती सेवा वडा तहमा संचालन गर्ने, कम्तिमा बर्षको एक पटक सबै बिरामीको लागि निशुल्क स्वास्थ शिविर संचालन गर्ने महिला तथा स्वास्थ्य क्षेत्रका कार्यक्रम लाई प्रभावकारी रुपमा अगाडी बढाउनस्यवसेविका बिच अन्तरक्रियात्मक कार्यक्रम पनि सञ्चालन गरिने बताउदै प्राथमिक उपचार सामाग्री हरुको सदैव अभाव हुन नदिने समेत प्रतिबद्धता जनाउनु भयो।
कार्यक्रममा पालिकाकी उपाध्यक्ष मिना गौतम नि.वर्तमान उपाध्यक्ष लक्ष्मी देबि पन्थ , प्रमुख प्रशासकीय अधिकृत मदु कृष्ण पौडेल जन जनप्रतिनिधिहरु, स्वास्थ्य शाखाका प्रमुख छत्र बहादुर अधिकारी विशिष्ट अतिथी रहनु भएको थियो ।समारोहमा विभिन्न शाखाका कर्मचारी , पत्रकार, स्वास्थ्य स्वयमसेविकाहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले स्यवसेविकाहरु भनेका गाउँका डाक्टर भएकाले उहाँहरुलाइ सामान्य उपचार सहजको लागि सामाग्री बाकस, झोला उपलब्ध गराइयको, हरेकको घर दैलोमा जेष्ठ नागरिक देखि अपांग वृद्ध हरुलाइ स्वास्थ्य सेवा प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो।
यस्तै कार्यक्रममा वडा न ४ का स्वास्थ शाखाका प्रमुख इन्द्र देवपौडेल ले विभिन्न १७ प्रकार का मापदण्ड पूरा गरि यो वडा पोषण घोषण गरिएको जानकारी गराउदै करिब १ बर्षको अवधिमा नै सबै मापदण्ड पूरा गरेको बताउनु भयो। समारोहमा सामाजिक समितिका संयोजक शेष नारायण पौडेल निबर्तमान उपाध्यक्ष लक्ष्मी पन्थ सुहाराका प्रतिनिधि स्यम सेबिका प्रतिनिधि लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा उपाध्यक्ष पन्थ लाई सम्मान पत्र मायाको चिनो दोसल्ला सहित पालिकाले बिदाइ समेत गरेको थियो।
कार्यक्रम को संचालन कम्प्युटर अप्रेटर दामोदर ज्ञवालीले गर्नु भएको थियो।