भैरब खबर डटकम संवाददाता, आईतवार, १५ श्रावण, २०७९
काठमाडौं - खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ : १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो ।
खानी तथा भूगर्भ विभाग अन्तर्गत भूकम्प महाशाखा प्रमुख मोनिका झाले यो खोटाङको मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको बताइन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।