सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

तस्करी नियन्त्रण र जनताकाे शान्ति सुरक्षा गर्ने मेराे मुख्य लक्ष्य हाे:-एसपि मनाेज कुमार यादव

नन्‍दु यादव, शुक्रबार, २५ असार, २०७८

तस्करी नियन्त्रण र जनताकाे शान्ति सुरक्षा गर्ने मेराे मुख्य लक्ष्य हाे:-एसपि मनाेज कुमार यादव

पश्चिम नवलपरासी/असार २५-पश्चिम नवलपरासीमा सिमाबाट हुने तस्करी नियन्त्रण तथा आमजनताहरुकाे शान्ति सुरक्षा गर्ने मेराे मुख्य लक्ष्य रहेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी मा हालै सरुवा भई आउनु भएका एसपि मनाेज कुमार यादवले बताउनु भएकाे छ।

आज जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी मा पत्रकार र प्रहरी बिच भएकाे परिचयात्मक तथा अन्तरक्रिया मा यस्ताे कुरा बताउनु भएकाे हाे ।सिमा नाकाबाट हुने तस्करी ,लागुपदार्थ दुर्ब्यसनि तथा ओसापसार ,चेलिबेटिबेचबिखन लगायतका कुरामा आफुले कडा रुपमा निगरानी बढाई नियन्त्रण गर्ने लक्ष्य रहेकाे वहाले बताउनु भयाे ।आममनागिरकलाई शान्ति सुरक्षामा कुनै पनि किसिमकाे कमि हुन नदिने वहाले प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।साथै प्रहरी र पत्रकारकाे सम्बन्ध नङ र मासु जस्तै रहेकाेले पत्रकारहरुसग काधकाधमा मिलाएर अगाडि बढनुपर्ने कुरामा जाेडदिनु भयाे ।प्रहरी आमनागरिक पत्रकार सबै मिलेर नवलपरासी लाई नमुना जिल्ला बनाउने मेराे याेजना समेत रहेकाे बताउनु भयाे ।

कार्यक्रम मा बाेल्दै नेपाल पत्रकार महासघ नवलपरासी का अध्यक्ष हरि शर्माले जिल्ला प्रहरी कार्यालयबाट प्राप्त हुने समाचार सहजरुपमा नवलपरासीका सम्पुर्ण सन्चारमाध्यम र पत्रकारहरु समक्ष पुर्याउने सहज बाताबरण मिलाउन अाग्रह गर्नु भयाे ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif