भैरब खबर डटकम संवाददाता, आईतवार, १६ माघ, २०७८
पोखरा- आहारारा गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ।
पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दीलाई ट्राइब्रेकरमा ५-४ गोलअन्तरले एपीएफले पाखा लगायो। निर्धारित समयमा भएको खेलमा २-२ को बराबरी भएपछि खेल लम्ब्याइएको थियो। थप गरिएको समयमा पनि गोल हुन नसकेपछि खेल अन्ततः ट्राइबेकरमा पुगेको हो।
एपीएफ दोस्रोपटक फाइनलमा प्रवेश गर्दा पहिलोपटक च्याम्पियन बनेको हो। यसअघि एपीएफले छैटौं संस्करणमा पुलिससँग हार बेहोरेको थियो। एपीएफसँगको हारसँगै मनाङ भने कीर्तिमानी सातौंपटक उपाधि जित्नबाट वञ्चित बनेको छ।