सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

आर्थिक अवस्था कमजोर भएका खाम्चाको परिवारलाई पहिलो पाईला नेपाल तानसेन खाधान्न,लत्ताकपडा कपडा लिएर घर पुग्यो

भैरब खबर डटकम, शनिबार, १ फाल्गुन, २०७७

आर्थिक अवस्था कमजोर भएका खाम्चाको परिवारलाई पहिलो पाईला नेपाल तानसेन खाधान्न,लत्ताकपडा कपडा लिएर घर पुग्यो

सन्तोष गहतराज ,
पाल्पा 
फागुन १।।नत आमा बाबा छन । न राम्रो लगाउन छ, न   मिठो खान नै । यता उता हिड्दा खुट्टामा चप्पल छैन जाडोको समयमा शरीर ढाक्ने गरि लगाउने कपडा पनि छैन । आमा बाबुको मृत्यु भए पछि ९७ बर्षिय हजुर बुवाले ती नाति नातिनिको हेर बिचार गरेर बसेका छन । यस्तो आर्थिक अवस्थाको बारेमा थाहा पाए पछि  पहिलो पाइला नेपाल पाल्पा शाखाले ती बालबालिकाहरूलाई जाडोको समयमा केही राहत पुगोस भनी खाधान्न र लत्ताकपडा लिएर रिब्दिकोट गाउँपालिका वडा न ८  फेक 
पुगेको छ ।

आर्थिक अवस्था कमजोर भएका खाम्चाको परिवारलाई पहिलो पाईला नेपाल तानसेन खाधान्न,लत्ताकपडा कपडा लिएर घर पुग्यो

पछिल्ले समयमा सामाजिक कार्यमा सकृय रहेको पहिलोपाइला नेपाल तानसेन शाखाले शनिबार एक हप्ते हार्थिक सहयोग संकलन  अभियान सञ्चालन गरि रकम जम्मा गरेर उक्त रकमले बालबालिकाहरूका लागि आवश्यक पर्ने खाधान्न तथा लत्ताकपडा पिडितको घरमा गई  सहयोग गरेको हो । कार्यक्रम सहयोग हस्तान्तरण गर्दै  पहिलो पाइला नेपाल पाल्पा शाखाका अध्यक्ष अविरल क्षेत्रीले उक्त परिवारको वास्तविक अवस्था बुझ्दा आर्थिक अवस्था निकै कमजोर रहेको , बाबा आमा पनि सानै उमेरमा मृत्युु भएको र ९७  बर्षिय हजुरबाले ४ जना नातिनातिनाको पालनपोषण गरिरहेको दैनिक जीवन यापन कठिनाइ भएको जानकारी पाए पछि आफुहरूले एक हप्ते सहयोग संकलन अभियान सञ्चालन गरि परिवारलाई केही राहत होस भनी सहयोग गरेको र उक्त बालबालिकालाई १ बर्ष सम्म स्कुलमा खाजा खर्च पनि सस्थाले व्यहोर्ने गरि खाजाको व्यस्था गरिएको बताउनु भयो । 
कार्यका संयोजक तथा सस्थाका सह कोषाध्यक्ष प्रदिप ज्ञवालीले उनिहरूका वास्तविक अवस्था निकै कमजोर रहेको र बाबू आमा नभएको ले र आर्थिक अवस्था पनि कमजोर भएकोले सस्थामा छलफल गरि ती बालबालिकाको पढाइ जीवन यापनमम सहज होस भनी सस्थाले सहयोग गरेको र आगामी दिनमा सक्दो  सहयोग उपलब्ध गराउने बताउनु भयो । कार्यक्रम सस्थाका कोषाध्यक्ष किशोर पौडेल तथा मिडिया संयोजक सन्तोष गहतराजले बोल्नु भएको थियो । 
कार्यक्रमका सञ्चालन सस्थाका सचिव सुवास पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो । सस्थाले सहयोग गरे पछि ९७ बर्षिय हजुरबुबा पुर्ण बहादुर खाम्चाले ती बच्चाहरू साना साना १० बर्ष धन्दा कम उमेर रहेको बताउदै पालन पोषण समस्या रहेको बताउनु भयो । उहाल भन्न भयो ४ वटा बच्चा छन । ३ वटा १० बर्ष भन्दा कम उमेरको र एउटा १३ बर्षको रहेको र सबै भन्दा ठुलो छोराको आर्थिक अवस्था कमजोर भएको कारण विचमा पढाइ छाड्न बाध्य भएको बताउदै सस्थाले सहयोग गरेको धन्यवाद दिनु भयो ।

 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif