सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

अखिल नेपाल महिला संघ रिब्दीकाेट गाउँपालिकाकाे अध्यक्ष आर्चाय

सन्‍तोष गहतराज, बुधबार, २० आश्विन, २०७८

अखिल नेपाल महिला संघ रिब्दीकाेट गाउँपालिकाकाे अध्यक्ष आर्चाय

पाल्पा- नेपाल कम्युनिस्ट पाटी एमालेकाे भातृ संगठन अखिल नेपाल महिला संघ रिब्दीकाेट गाउँपालिकाकाे अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाकाे अधिवेशनबाट लिला आर्चाय अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । गाउँपालिका स्तरकाे महिला संघकाे उपाध्यक्षमा राधिका राना,सचिवमा पार्वती सुनार,काेषाध्यक्षमा गंगा कुवँर,सहसचिवमा शान्ता खाम्चा सहित ५७ सदस्यीय तदर्थ समिति निर्विरोध चयन हुनुभएको हाे ।

निर्वाचित अध्यक्ष आर्चायले अागामी दिनमा अखिल नेपाल महिला संघलाई रिब्दीकाेट गाउँपालिकामा चलाएमान बनाएर अगाडि बढाउने बताउनुभयो । अखिल नेपाल महिला संघ नेकपा एमाले भातृ संगठन रहेकोले संघले महिलाहरूकाे हक अधिकारकाे लागि कार्य गर्दै अाएकाे बताउनुभयो । आगामी दिनमा पालिकाका सबै वडाहरूमा संगठन विस्तार गरि संघलाई चलाएमान बनाउने बताउनुभयो ।

कार्यक्रम नेपाल कम्युनिस्ट पाटी प्रदेश कमिटी सदस्य एवम रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी,क्षेत्र न २ का क्षेत्रीय सभापति एवम नेपाल कम्युनिस्ट पाटी एमाले रिब्दीकाेट गाउँपालिका अध्यक्ष चिरञ्जीवी पाेखरेल,जिल्ला कमिटी सदस्य एवम गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी खनालले नया नेतृत्वले पाटी चलाएमान बनाई गतिशील बनाउन आग्रह गर्नुभयाे ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif