बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

बगनासकाली सरकारका सय दिनको उपलब्धि सार्वजनिक

भैरब खबर डटकम संवाददाता, शुक्रबार, १७ भाद्र, २०७९

बगनासकाली सरकारका सय दिनको उपलब्धि सार्वजनिक

दयाराज न्याैपाने; पाल्पा-लुम्बिनी प्रदेशकै पहिलो महिला गाउँपालिका अध्यक्ष सरस्वती चिदीले नेतृत्व सम्हालेको स्थानीय सरकारको १०० दिन पुगेको छ । 

१०० औं दिन पुरा भएको अबसरमा बगनासकाली गाउँपालिकाले गरेको कामहरुको पत्रकार सम्मेलन गरेर सार्वजनिकरण गरेको छ । यो अवधिमा पालिकाले लोककल्याणकारी कार्यक्रमलाई उल्लेखनीय उपलब्धि भनेको छ । गाउँ सभामा पालिकाले आफ्नो प्रमुख प्राथमिकतामा राखेको थियो । 

बगनासकाली गाउँपालिकाले १०० दिनमा गरेको पालिका अध्यक्ष सरस्वती चिदी द्धारा प्रस्तुत् प्रगति विवरण यस अवधिमा बगनासकाली गाउँपालिकाले १०० दिनमा १ नगरसभा र ७ वटा गाउँ कार्यपालिकाको बैठक सम्पन्न भएको ,पालिकाको न्यायिक समिति, लगायत २० वटा समिति तथा उपसमितिहरु गठन गरि कार्यसम्पादन अगाडी बढाइएको पत्रकार भेटघाट कार्यक्रममा बताईएको छ ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदीले पालिकाले अभिभावक बिहीन बालबालिकाको स्याहार सम्भार र शिक्षाको लागि मासिक रु १ हजार भत्ता पालिकाले ब्यवस्था गरेको, ग र घ समूहका अपांगता भएका ब्यक्तिहरुका लागि मासिक ५ सय र ३ सयका दरले निर्वाह भत्ता साउनबाटै लागू हुने गरि प्रदान गर्ने ,सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन सुविधा मासिक १ हजार उपलब्ध गराउने ।
स्थापनादेखि हालसम्म पारित भएका ४८ कानुनलाई एकीकृत गरि कानुन संग्रह–२०७९ बनाएको छ यो समेतलाई पालिकाले महत्वपूर्ण काम भएको जनाएको छ ।
आदिवासी जनजाति, अपांग, सिमान्तकृत बोटे र कुमाल, जातिलाई आत्मनिर्भर बनाउन योजनाका साथ काममा लागेको अध्यक्ष चिदिको भनाइ छ ।
बिगतका अधुरा योजनालाई पुरागर्न रकम विनियोजन गरि निरन्तरता दिइएको समेत गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले लिफ्टिङ खानेपानीको बिद्युत महसुल अनुदान बृद्धि गरि ६० प्रतिशत पुर्याइएको ,साविकका सबै वडाहरुमा टोल विकास समिति गठन गरिएको बताउनु भयो । यसैगरी चुस्त र प्रभावकारी रुपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि गर्ने अभियान , ग्रामीण सडक तथा यातायातको पहुँच विस्तार र सहज बनाउने कामको थालनी भएको बताउनु भयो ।
यही आर्थिक बर्षको सुरुवाटै सामाजिक सुरक्षा भत्ता वडामै बैंकका प्रतिनिधि पुगेर वडासँगको सहकार्यमा बितरण गरिने बताउनु भयो सामाजिक सुरक्षा भत्ता लिनकै लागि टाढा बैंकमा जानुपर्ने समस्या समाधान हुने उहाको भनाइ छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले गाउँपालिकाको सेवाप्रवाहलाई थप प्रभावकारी बनाउदै लगेको बताउनु भयो । गाउँपालिकाका प्रवक्ता एवम् वडा नं। ३ का अध्यक्ष टिका बहादुर थापाले हरेककाममा सबैको उत्तिकै चासो र चिन्ता भएको बताउदै समृद्ध बनाउने अभियान सफल हुने बिश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कमलराज तिमिल्सिना, मिलन बिश्वकर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, पत्रकार कृष्ण पोखरेल, नेत्र गैरे लगायतले सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif