बुधबार, ११ जेष्ठ, २०७९

बर्तुङ सहकारीले देवकोटा चोकमा खोल्यो सुपथ मूल्य पसल

भैरब खबर डटकम संवाददाता, मंगलवार, २७ बैशाख, २०७९

बर्तुङ सहकारीले देवकोटा चोकमा खोल्यो सुपथ  मूल्य पसल

पाल्पा
तानसेनको देवकोटाचोकमा ‘बर्तुङ्ग सुपथ पसल’ खुलेको छ । सुपथ मूल्य पसल खुलेपछि एकाधिकाको समस्यामा परेका बर्तुङ्ग क्षेत्रका स्थानीय खुसी भएका छन् ।
उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले तानसेन नगरपालिकाको आर्थिक सहयोगमा बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुपथ पसल सञ्चालन गरेको हो । तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सुपथ पसलको उद्घाटन गर्नुभएको छ । बजारको मूल्यमा एकरुपतामा ल्याउन तथा सहज सेवा प्रदान गर्न सुपथ पसलले महत्वपूर्ण भूमिका निर्वाह नगरप्रमुख शाहीले बताउनुभयो । उहाँले जनताको मनोभावना बुझेर सोही अनुसारका सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो । 
तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मुक्तिराम जिसी तथा तानसेन सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्तले उपभोक्ताको मागअनुसार दैनिक उपभोग्यवस्तु बिक्री गर्दा मूल्य, गुणस्तर र आवश्यकतालाई ध्यान दिनुपर्ने बताउनुभयो । बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष विधान श्रेष्ठले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर उपभोग्य वस्तुहरु बिक्रीमा राखिने बताउनुभयो । सुपथ पसलबाट सुपथ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने सहकारीका अध्यक्ष भीमलाल भट्टराई श्रेष्ठले बताउनुभयो । तीन लाख ५० हजारको लगानीबाट सुरु गरेको पसलमा असार मसान्तसम्म ५० लाख बराबरको लगानी गर्ने योजना रहेको श्रेष्ठले बताउनुभयो ।सुपथ मूल्य पसलमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका उपभोग्य वस्तु सामग्री उपलब्ध गराईएको छ । बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो । सुपथ पसल सञ्चालन भएपछि यहाँका उपभोक्ता खुसी भएका छन् ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif