सन्तोष गहतराज, सोमबार, ९ श्रावण, २०७९
पाल्पा-जिल्लाको तानसेन नगरपालिका वडा न २ स्थित मेहलधाराको सिवि आर कार्यक्रम अन्तर्गत डे केयर सेन्टरका फरक क्षमता भएका विद्यार्थीहरूलाई सहयोग हस्तान्तरण गरिएको छ । एक औपचारिक कार्यक्रमका बिच बौद्व महिला सेवा समिति तानसेन पाल्पाले सस्थालाई खाधान्न हस्तान्तरण गरेको हो । डे केयर सेन्टरमा हाल १५ जना बालबालिकाहरूले अध्ययन गर्दै आएका छन । शारीरिक रूपमा फरक क्षमता भएका अर्थात मस्तिष्क पक्षघात भएका विद्यार्थीहरूलाई निशुल्क रूपमा अध्यापन एवम शारीरिक अभ्यासको सस्थाले गराउदै आएको छ ।
बौद्व महिला सेवा समितिले रजत जयन्तीको अवसरमा सामाजिक भावनाका साथ मानविय सेवामा लागेको सस्था पाल्पा सिवि आरलाई खाधान्न सहयोग गरेको हो । सस्थाको बारेमा जानकारी गराउदै पाल्पा सिवि आर कार्यक्रमका प्रमुख कृष्ण गहतराजले २०५२ सालमा देखि सस्थाले अपांगता भएका व्यक्तिहरूको क्षेत्रमा कार्य गर्दै आएको बताउनुभयो । सस्थाले फरक क्षमता भएका बालबालिकाहरूलाई होम भिजिटको माध्यमबाट सेवा प्रदान गर्दै आएता पनि हाल स्कुलमा आउन सक्ने विद्यार्थीलाई विधालय मार्फत र आउन नसक्ने बालबालिकालाई होम भिजिट मार्फत सेवा प्रदान गरेको बताउनुभयो । विभिन्न समस्या र जटिलताका बाबजुद हाल विद्यालय सञ्चालन गर्न सफल भएको बताउनुभयो ।
फरक क्षमता भएका विद्यार्थीहरू तानसेन सदरमुकाम लगाएत जिल्लामा धेरै रहेता पनि सस्थामा सवारीसाधनको अभावका कारण विद्यालय सम्म ल्याउन लैजान समस्या रहेको बताउनुभयो । विभिन्न व्यक्तिहरूले जन्मोउत्सव,पुण्यतिथि,विभिन्न अवसरहरूमा सहयोग हस्तान्तरण गर्ने र सोही सहयोगले सस्थाको सञ्चालन गरेको बताउनुभयो । सस्थाले विद्यार्थीहरूलाई नियमित खाजा नास्ताको व्यवस्था सहित निशुल्क रूपमा अध्यापन गराउदै आएको छ प्रमुख गहतराजले बताउनुभयो ।
कार्यक्रममा बौद्व महिला सेवा समितिका अध्यक्ष शोभा शाक्यले सस्थाको रजत जयन्तीको अवसरमा सामाजिक भावनाका साथ मानवीय सेवामा लागेको सस्था सिवि आरलाई खाधान्न हस्तान्तरण गरेको बताउनुभयो । सस्थालाई आगामी दिनमा थप सहयोग प्रदान गर्ने प्रतिवद्वता व्यक्त गर्दै फरक क्षमता भएका विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा खुशी भएको बताउनुभयो ।
कार्यक्रममा बौद्व महिला सेवा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम पाल्पा सिवि आरका अध्यक्ष हेमराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।