मंगलवार, २० मंसिर, २०७९

एमाले उम्मेदवारको विजय सुनिश्चित; उम्मेदवार आचार्य

भैरब खबर डटकम संवाददाता, बुधबार, ३० कार्तिक, २०७९

एमाले उम्मेदवारको विजय सुनिश्चित; उम्मेदवार आचार्य

नेकपा एमाले पाल्पा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले पाल्पाका एमालेका सबै उम्मेदवारहरु विजय सुनिश्चित भईसकेको बताउनु भएको छ । घरदैलो कार्यक्रममा पुर्वखोला गाउँपालिका वडा नंं २ जल्पाका मतदाताहरु संग बोल्दै एमाले उम्मेदवार आचार्यले गठवन्धन सरकारको भष्ट्रचार, महङ्दी, कुसान विरुद्ध जनता आिित्तएकोले मंसिर ४ गतेको निर्वाचनमा जनता सूर्यमा मतदान गर्न आतुर भएको बताउनु भयो । एमाले उम्मेदवार आचार्यले जल्पा सुखौरा सडक, मैदान पूर्वखोला सडक, हुमिन देवीनगर जल्पा, बहादुर सडक निर्माण विजयी भएपछि पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । 

पाल्पा क्षेत्र नंं १ (२) का प्रदेशसभा सदस्य खेम बहादुर सारुले पुर्वखोला २ जल्पामा घरदैलो गर्नुभएको छ । जल्पा लाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्नै, जल्पाका पर्यटकीय स्थलहरुको स्तरउन्नती गरी पर्यटन प्रवद्धन गर्ने, एक घर एक धारा अभियाना लाई पुरा गर्ने एमाले प्रदेश सभा सदस्य उम्मेदवार सारुले बताउनु भयो । उम्मेदवार सारुले विकास र समृद्धिको सम्वाहक एमाले भएकाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन अनुरोध गर्नुभयाे। एमाले पाल्पा क्षेत्र नंं १ (१) का प्रदेशसभा सदस्य उम्मेदवार राजु प्रसाद श्रेष्ठले पुर्वखोला १ सिलुवा र रामपुर नगरपालिकाको विभिन्न क्षेत्रहरुमा घरदैलो गर्नुभएको छ ।

एमाले उम्मेदवार श्रेष्ठले सडक स्तरउन्नती, एक घर एक धारा, विधुतीकरणको लागी योजना लिएर घरदैलोमा आएको बताउनु भयो । जनताको आय आर्जनमा बृद्धि गर्ने, गाउँ गाउँमा स्वरोजगार अभियान चलाउने, विदेशमा गएका नेपालीहरु लाई स्वदेशमै उधमी बनाउने गरी कृषि, पशुपालन देखी प्रविधीमा आधारीत उधोगहरु संचालन गर्ने एमाले उम्मेदवार श्रेष्ठले बताउनु भयो । उम्मेदवार श्रेष्ठले विकास र समृद्धिको सम्वाहक एमाले भएकाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन अनुरोध गर्नुभयो । 

याेे पनि पढनुहोस   
"देश विकासको लागि एमालेका उम्मेदवारहरुले जित्नु पर्छ  नेता "गैरे
पाल्पा ३० कार्तिक नेकपा एमाले पाल्पा क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर गैरेले देश विकासको लागी एमालेका उम्मेदवारहरुले जित्नु पर्ने बताउनु भएको छ । 

तानसेन नगरपालिका वडा नंं १३ बौघागुम्वा, छेरलुङ्ग, र वडा नंं १४ को अर्गलीका जनता संग घरदैलो कार्यक्रममा बोल्दै एमाले उम्मेदवार गैरेले सम्बृद्ध नेपाली सुखी नेपालीको परिकल्पना एमाले सरकारले गरेको सोही अनुसारका योजना कार्यक्रम ल्याएकोले एमाले उम्मेदवारहरुले देश विकासको लागी जित्नु पर्ने बताउनु भयो । उहाँले राष्ट्रियताको सवालमा एमालेको जित भनेको राष्ट्रर्को हित हुने समेत बताउनुभयो । 

घर दैलो कार्यक्रममा नेता गैरेले एमालेको सरकारले तयार पारेका अधुरा काम सम्पन गर्ने र नयाँ कामको थालनीका लागि एमालेले जित्नु अनिवार्य रहेको बताउनुभयो । नेता गैरेले विचार विहीन ,सिद्धान्त रहित गठबन्धनले केवल पद जित्न कै लागि जनतालाई झुक्याउने योजना बनाएको आरोप लगाउदैं मतदातालाई विवेक प्रयोग गर्न अपील गर्नुभयो । यसका साथै एमालेको जित सुनिश्चित भएपछि गठबन्धनका उम्मेदवारले गर्दै नगरेको कामको समेत एकल रुपमा गरेको भनि भ्रमपूर्ण प्रचारको साहारा लिएको बताउनुभयो । 

नेकपा एमालेको पाल्पा क्षेत्र नम्बर २(१) का प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई पाल्पाको भौतिक पूर्वाधार, शिक्षा,स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रको विकासमा आफ्नो सक्रिय भूमिका खेल्ने बताउनुभयो । आफ्नै जन्मथलोका आफन्त तथा छिमेकी र तानसेन १३ का मतदातासंग भेटघाट गर्दै यस क्षेत्रको कृषि र पशुपालनको पकेट क्षेत्रको रुपमा विकासका लागि नमुना परियोजना संचालन गर्ने बताउनुभयो ।

नेकपा एमालेको तर्फबाट पाल्पा निर्वाचन क्षेत्र न. २ प्रदेशसभा २ का उम्मेदवार ओम बहादुर घर्तीमगरले गठबन्धनले गाउँमा परेका योजना समेत कटौती गर्ने गरेको बताउनु भयो । उम्मेदवार घर्तिले तिनाउँको मस्याम क्षेत्रको घरदैलो गर्दै आफु निर्वाचन भएपछि यस क्षेत्रका योजना पुरा गर्ने, रोकिएका योजना पुन सुरु गर्ने बताउनुभयो । नेता घर्तीमगरले उत्पिडनमा परेको समुदायलाई माथी उठाउन कुनै कसुर बाकी नराख्ने सडकलगायत खानेपानीको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif