मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

देशभर गाठे मंगल पर्व मनाइयो:-पाल्‍पामा पनि नेवार समुदायले धुमधाम सँग मनाइयो

भैरब खबर डटकम संवाददाता, मंगलवार, १० श्रावण, २०७९

देशभर गाठे मंगल पर्व मनाइयो:-पाल्‍पामा पनि नेवार समुदायले धुमधाम सँग  मनाइयो

पाल्पा– नेवार समुदायमा प्रचलित गठे मंगल पर्व आज देशै भर मनाइएको छ । राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज पाल्पा सहित काठमाडौं उपत्यका लगायतका विभिन्न ठाउँमा यो पर्व मनाउने गर्दछन् ।श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ ।त्यसअघि नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराउने परम्परा रहेको छ । कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने चलन पनि रहेको छ ।

परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अप्ठ्यारो परेकाले उसको आज दहन गरिएको कथन रहेको छ । ज्यापू समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ ।उपत्यकामा विशेष गरी इन्द्रचोक, म्याँपी लगायतका स्थानमा गठामंगल ठड्याउने गरिन्छ भने उपत्यका बाहिर पनि नेवार समुदायको बाक्लो बसोबास भएको स्थानमा विशेष महत्वका साथ यो पर्व मनाउने चलन रहेको छ ।

केही स्थानमा आज बाट सुरु भएको पर्व लाखेजात्रा, रोपाई पर्व र गाईजात्रा मनाएर सम्पन्न हुने गरेको छ । यस दिनमा मान्छेहरुले गठेमंगलको औठिका रुपमा विभिन्न धातुको औठि लगाउने र घर घरबाट भुत भगाउने चलन पनि कायम छ ।पाल्पाको तानसेनको सित्तलपाटी, टक्सार चोक, पेट्रोलपम्प, बसपार्क, नारायणस्थान लगायतका ठाउँहरुमा गठेंमंगललाई झुण्डाएर राखिएको र बेलका विसर्जन गरिएको थियो।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif