बुधबार, ११ जेष्ठ, २०७९

गठबन्धन दलहरुको दर्जन बढी स्थानमा कोणसभा, घरदैलोमा भावी जनप्रतिनिधी

भैरब खबर डटकम संवाददाता, शनिबार, २४ बैशाख, २०७९

गठबन्धन दलहरुको दर्जन बढी स्थानमा कोणसभा,  घरदैलोमा भावी जनप्रतिनिधी

आसन्न स्थानीय तहको निर्वाचनमा यतिवेला उमेदवारहरु घरदैलो गरिरहेका छन् । गठबन्धन दलका उम्मेदवारले संयुक्त रुपमा आयोजना गरेका घरदैलो कोणसभा अन्तिम चरणमा पुगेको छ । शनिबार पाल्पाका दश स्थानीय तहमा एक दर्जन बढी स्थानमा सभाहरु सम्पन्न भएका छन् । जिल्लाको तानसेन र रामपुर नगरपालिका क्षेत्रका दुई वडामा र अन्य स्थानीय तहहरुमा पनि सभा सम्पन्न भएका हुन् । गत बैशाख १२ गते उमेदवारी मनोनयन दर्ता गरेपछी घरदैलो अभियान तथा सभा सुरु भएको थियो ।
पाल्पाको बगनासकाली गाउँपालिकामा पनि गठबन्धन दलहरुको घरदैलो उत्साहजनक भईरहेको उमेदवारहरुले प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी र एकिकृत समाजवादी विचको गठबन्धनबाट चुनावी मैदानमा रहेका उमेदवारहरुले घरदैलो कार्यक्रममा मतदाताको उल्लासपूर्ण सहभागिता र उत्साह थपिएको प्रतिक्रिया दिएका छन् । 
नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उमेदवार बन्नुभएकी सुनिता अधिकारीले वडा नं. १ चिर्तुङधाराबाट सुरु भएको घरदैलो शनिबार वडा नंं ९ चापपानीमा पुरा गरेको बताउनुभयो । अधिकारीले बगनासकालीका आम नागरिकहरुले नेपाली कांग्रेसको नेतृत्व चाहेको बताउनुभयो । गठबन्धनबाटै उपाध्यक्षको उमेदवार खिमानन्द पाण्डेले जनताको विश्वास गठबन्धनमा रहेको बताउनुभयो । पाण्डेले संविधानको रक्षागर्न र स्थानीय तहको विकासको लागि गठबन्धनकै नेतृत्व 
जनताले चाहेको उल्लेख गर्नुभयो । गठबन्धन अन्र्तगतका दलहरुले बगनासकालीका वडा नं. ९ चापपानीमा आयोजित सभामा बोल्दै गठबन्धन दलका उम्मेदवारहरुले देशमा समयको आवश्यकताले फरकफरक दलहरुलाइ मिलेर अगाडी बढ्न र देश विकास गर्न मार्ग प्रसस्त गरेको बताएका छन् । 
रम्भा गाउँपालिकाको वडा नं. ३ पिपलडाँडामा आयोजित कोणसभामा बोल्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष पदका उम्मेदवार दुर्गा अधिकारीले नेतृत्वमा निरन्तर एउटै व्यक्ति हुँदा समाजको भावना बुझ्न नसक्ने भन्दै जनताले गठबन्धनलाई बहुमत दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले समय र जनताको मनोभावना बुझेरै पाँच दल एक ठाउँमा उभिएको बताउनुभयो । रम्भा गाउँपालिका नेपाली कांग्रेसबाट उपाध्यक्ष पदका उम्मेदवार बिष्णु थापाले नेपाली कांग्रेसले जनताको मन जितेर काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै एमाले जनताको भावनासँगमात्र खेल्ने तर काम नगर्दे गरेको बताए । 
नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको बाम लोकतान्त्रीक गठबन्धनले रैनादेबी छहरा १ सिद्देस्वरमा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । गठबन्धनकाको तर्फबाट गाउपालिका अध्यक्ष पदका उम्मेदवार रुक्मांगद भट्टराई उपाध्यक्षका उम्मेदवार युवराज थापा वडा अध्यक्ष पदका उम्मेदवार सोम बहादुर दर्लामी लगायतले बिकास र समृद्धिको लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । नेकपा माओवादि केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र बिक लगायतले गठबन्धनको जित सुनिश्चित रहेको भन्दै जनताहरुलाई उत्साहजनक रुपमा लागि गठबन्धनका उम्मेदवारलाई मतदान गरि भारी मतले बिजयी गराउन आग्रह गरेको प्रचार प्रसार समितिका उपसंयोजक पदम सोमैले जानकारी दिए ।
रामपुररामपुर नगरपालिकाको वडा नं. ७ मा नेपाली कांग्रेस रामपुरले सभा सम्पन्न गरेको छ । सो सभालाई सम्बोधन गर्दै रामपुर नगरपालिका मेयर पदका उम्मेदवार रमण बहादुर थापाले पाँच वर्षमा धेरै कामहरु सम्पन्न भएको भन्दै बाँकी केही अधुरा काम पुरा गर्न कांग्रेसलाई विजयी बनाउनुपर्ने बताउनुभयो । उप्रमप्रमुख पदकी उम्मेदवार बालकुमारी थापाले रामपुर क्षेत्र भित्रका महिला तथा अल्पसंख्यक पीछडिएको वर्ग तथा समुदायको उत्थानका लागि नेपाली कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो । यता रामपुरमा स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस रामपुरले संकल्प पत्र सार्वजनिक गरेको छ । सुशासन युक्त, सबल र समुन्नत, स्मार्ट रामपुर निर्माणका लागि अल्पकालिन, दिर्घकालिन योजना सहितको संकल्प पत्र सार्वजनिकरण गरिएको हो ।‘सबल स्थानीय सरकार नेपाली कांग्रेसको रहर, समुन्नत र समृद्ध हाम्रो रामपुर शहर’ भन्ने मुल ध्येयका साथ संकल्प पत्र सार्वजनिकरण गरिएको हो । कांग्रेसले शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी र सञ्चार, भौतिक पूर्वाधार, धर्म, संस्कृति तथा पर्यटन, कृषि, 
रोजगार, नगर विशेष सेवाको लागि छुट्टा छुट्टै संकल्प गरेको छ । नगरलाई १ वर्ष भित्र हिलो रहित नगर घोषणा गर्ने, ५ वर्ष भित्र मुख्य सडक देखि वडा कार्यालय र वडा स्तरिय शहरी केन्द्र जाने बाटो ग्रिन रोडको अवधारणा अनुसार कालो पत्रे गर्ने प्रतिवद्धता, एक वडा एक पुस्तकालय, शिक्षामा एकरुपता ल्याउने, उत्कृष्ट शिक्षक छनौट गरी अन्तराष्ट्रिय शिक्षण सिकाईका लागि सिफारिस गर्ने, उत्कृष्ट विद्यार्थीलाई नगर भित्र ५ वर्ष सेवा दिने गरी एमविविएस वा प्राविधिक शिक्षा पढ्न चाहाने एक विद्यार्थीलाई २५ प्रतिशत शुल्क नगरले बेहोर्ने घोषणा गरेको छ ।वडामा नियमित विशेषज्ञ डाक्टर र प्राविधि सहितको स्वास्थ्य शिवर सञ्चालन गर्ने, दिर्घरोगी तथा ६५ वर्ष माथिको जेष्ठ नागरिकको स्वस्थ्य परिक्षण घरघरमै गर्ने व्यवस्था गर्ने, नगर उपप्रमुख सुत्केरी पोषण कार्यक्रम अन्तर्गत सुत्केरी पोषण स्याहार भत्ता ५ हजार पुर्याउने, २० युनिट वा सो भन्दा कम प्रयोग गर्ने विजुली निशुल्क प्रदान गर्ने, वडाको मुख्य स्थानमा फ्रि वाईफाई जोनको व्यवस्था गर्ने, नगर भित्र एक घर एक धारा कार्यक्रमलाई २ वर्ष भित्र सम्पन्न गर्ने, विपन्न परिवारलाई खानेपानी महसुल निशुल्क गर्ने, पर्यटन प्रर्वद्धनका लागि भिजिट रामपुर २०८० सञ्चालन गर्ने, जेष्ठ नागरिकहरुलाई नेपाल भित्र निशुल्क तिर्थयात्रा गराउने, कालीगण्डकी नदी किनारमा पैदल मार्ग निर्माण गरी रामपुर भित्र रहेका धार्मिक तथा पर्यटकिय स्थललाई जोड्ने, कृषक परिचयपत्र र कृषक कार्ड उपलब्ध गराई २५ हजार देखि ५ लाख सम्म विना धितो ऋण उपलब्ध गराउने प्रतिबद्धता गरेको छ ।
रोजगारी सृजनाको लागि नागरिक हेल्प लाईन कार्यक्रमको लागि आवश्यकतामा आधारित कर्मचारीको माग गर्ने, एक घर एक सीप कार्यक्रम अन्तर्गत तालिम प्रदान गर्ने, १५ जना भन्दा बढी नेपाली नागरिक भन्दा बढी रोजगारी दिने उद्योग र संस्थालाई ३० लाख सम्म ऋणको व्याज अनुदान दिने, लगानी भित्रयाउनका लागि १० करोड भन्दा बढिको लगानीमा ३० जना भन्दा बढीलाई रोजगारी दिने उद्योगलाई ५० प्रतिशत सम्म विद्याुत महशुल छुट र २ वर्ष सम्म स्थानीय कर छुटकोव्यवस्था गर्ने संकल्प गरेको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा सामाजिक सुरक्षा भत्ताको लागि आउने नागरिकहरुलाई भत्ता लिन आउन र जान सवारी साधनको व्यवस्था गर्ने, नागरिक हेल्पलाईन मार्फत २४ सै घण्टा एम्बुलेन्स, दमकल र अति आवश्यक सेवा प्रदान गर्ने, भुमिहिनहरुको समस्या पहिचान गरी यथाशिघ्र समाधान गर्ने बताएको छ । त्यस्तै कांग्रेसले संकल्प पत्र अनुसार योजना सञ्चालनको लागि आवश्यक स्रोत जुटाउन कर नबढाई दायरा बढाउने रणनिती लिएको छ । आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढाउने, नगरपालिका भित्र व्यवसायिक भवन तथा ट्रस निर्माण गर्ने, विभिन्न दातृ निकाय संग समन्वय र सहजिकरण गर्ने संकल्प गरेको छ ।
रामपुर नगरपालिकाका नगर प्रमुखका उम्मेदवार रमण बहादुर थापाले यस अघि निर्वाचनमा गरिएका घोषणा पत्र अनुसार ५ वर्षमा ९० प्रतिशत उपलब्धी हात पारेको स्मरण गर्दै संकल्पलाई आत्मसात गरे अघि बढ्ने बताइ कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले कांग्रेसले झुटा कुरा कहिल्यै नगर्ने बताउँदै जे बोल्छ त्यो गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
न्यूज डेस्क

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif