बुधबार, ११ जेष्ठ, २०७९

गठबन्धनका काेण सभाहरूलाई सम्बाेधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति श्रेष्ठ

भैरब खबर डटकम संवाददाता, मंगलवार, २७ बैशाख, २०७९

गठबन्धनका काेण सभाहरूलाई सम्बाेधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति श्रेष्ठ

पाल्पा-आसन्न स्थानीय तहका निर्वाचन नजिकिए सँगै गठबन्धनले जिल्लामा घरदैलो, काेण सभा एवम चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । साेही अनुसार नेपाली काङ्ग्रेसका जिल्ला सभापति एवम गठबन्धन दलका संयाेजक हिमाल दत्त श्रेष्ठले विभिन्न स्थानका काेण सभालाई सम्बाेधन गर्नु भएको छ । सभापति श्रेष्ठले आईतबार तानसेन वडा न ६ कुन्सरे,तानसेन वडा न १० तेल्घामा,माथागढी वडा न २ रूप्से र निस्दीकाे बाकामलाङ्गमा  सम्बाेधन गर्नुभएको छ । 
काेण सभालाई नेपाली काङ्ग्रेसका  जिल्ला सभापति तथा गठबन्धन दलका संयोजक हिमाल दत्त श्रेष्ठले सम्बोधन गर्दै काँग्रेस कमजोर भएर गठबन्धन गरेको नभई आवश्यकता एवं लोकतन्त्रको रक्षाको लागि गरेको बताए । केपि ओलीकाे असंवैधानिक कदमले देशलाई अराजकता तर्फ अगाडी लान खाेजेकाे परिस्थितिमा गठबन्धनकाे विधि र पद्धतिकाे विकास भएको बताउनुभयो । ओलीले हिजाे ५ दलिय गठबन्धन हुदा ५ केलाेकाे ढक र आफुलाई क्युन्टल हु भनेर अभिव्यक्ति दिने व्यक्ति आज साना साना पाटीसँग मिलेर अगाडि बढेको बताउनुभयो । 
अर्को सन्दर्भमा सभापति श्रेष्ठले १८ बर्ष देखि ४० बर्ष उमेर हुदैमा,शरिरिकमा ताताे रगत हुदैमा युवा हुन नसक्ने बताउदै जुन युवाले इतिहासकाे पानामा नाम लेखाउन सक्छ ,उक्त युवा ,युवा हुने हुदा अब युवाहरूले इतिहासमा नाम लेखाउने दिन आएकाे बताउनुभयो । 

तानसेन १० तेल्घाकाे काेणसभामा नेकपा माओबादी केन्द्रका नेता एवम प्रदेश सांसद तुलराम घर्ती,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशाेर घिमिरे,नेपाली काङ्ग्रेसका नेता लालुमाया राना,एकीकृत समाजबादीका जिल्ला सचिव माेहन गैरे लगाएतका नेताहरूले सम्बाेधन गर्नु भएको थियाे । 

तिनाउ गाउँपालिका वडा न २ दाेभानमा गठबन्धनले काेण सभा सम्पन्न गरेकोमा छ । कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ,नेकपा माओवादी केन्द्र का नेता तुलाराम घर्ती मगर,गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजेश श्रेष्ठ,नेपाली काङ्ग्रेसका तिनाउ गाउँपालिका सभापति प्रेम श्रेष्ठले कार्यक्रम मन्तव्य राख्नु भएको थियाे । 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif