सन्तोष गहतराज, आईतवार, ५ असार, २०७९
पाल्पा- जिल्ला भलिबल संघ जिल्ला कार्य समिति पाल्पामा नेतृत्व चयन भएको छ । जस्काे अध्यक्षमा राजु गुरूङ्ग चयन हुनुभएको छ ।
आइतबार तानसेनमा भएको साधारणसभा एवम तेस्रो जिल्ला अधिवेशनबाट संघकाे जिल्ला अध्यक्षमा गुरूङ्ग चयन हुनुभएकाे हाे । जस्काे उपाध्यक्षमा नारायण शारू,देब बहादुर गाहा चयन हुनुभएको छ । महासचिवमा कृष्ण बहादुर अाले,काेषाध्यक्षमा दिल बहादुर गाहा चयन हुनुभएको छ । कार्य समिति सदस्यहरूमा दिपक चाैहान,सुशीला गाेदार,कमल राना,हिमाल हिस्की,चिरन फाल,प्रिति शाह,तारा बहादुर थापा लगाएतकाे १४ सदस्यीय तदर्थ समिति गठन भएको छ । भने केन्द्रीय प्रतिनिधिमा पदम न्याैपाने,प्रदेश प्रतिनिधिमा प्रकाश श्रेष्ठ र अन्नत प्रसाद श्रेष्ठ सिफारिस हुनुभएको छ ।
कार्यक्रमकाे उद्घाटन सत्र जिल्ला भलिबल संघका नि वर्तमान अध्यक्ष ताराबहादुर थापाकाे सभापतित्ब र नेपाल भलिबल संघका केन्द्रीय समितिका उपाध्यक्ष निराेज मास्केकाे प्रमुख आतिथित्यता र पाल्पाली संगमका अध्यक्ष पदम न्याैपानेकाे आतिथित्यतामा कार्यक्रम सम्पन्न भएको थियाे ।
नवनिर्वाचित अध्यक्ष गुरूङले पाल्पा जिल्लाकाे समग्र भलिबल खेलकाे संरक्षण र खेलाडीकाे हक हित तथा अधिकारलाई सुनिश्चित गर्ने कार्यकाे प्रारम्भ गर्ने बताउनुभयो । भलिबल खेल प्रती धेरै खेलाडीहरूकाे अभिरुचि हुदा हुदै उचित स्थान नहुदा खेलाडीहरू ओझेलमा परेको उद्वित गर्दै आगामी दिनमा भलिबल संघ पाल्पाकाे नयाँ नेतृत्वले नयाँ खेलाडीकाे उत्पादनका साथ साथै हक हितकाे लागि कार्य गर्ने बताउनुभयो ।