बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

जिल्ला समन्वय समिति पाल्पाकाे आयाेजनामा दश स्थानीय तह र सरकारी कार्यालयहरूको बार्षिक समीक्षा

सन्‍तोष गहतराज, आईतवार, २ आश्विन, २०७९

जिल्ला समन्वय समिति पाल्पाकाे आयाेजनामा दश स्थानीय तह र सरकारी कार्यालयहरूको बार्षिक समीक्षा

पाल्पा जिल्लाकाे वार्षिक समीक्षामा गत आर्थिक वर्ष २०७८।०७९ अन्याैलमै बितेकाे देखिएकाे छ । जिल्ला समन्वय समिति पाल्पाले गरेकाे पाल्पाका दश स्थानीय तह र सरकारी कार्यालयहरूको वार्षिक समीक्षामा कुनै विशेष ठाेस उपलब्धी नदेखिएकाे हाे ।

भदाै २८ र २९ गते दुइ दिनसम्म जिल्ला समन्वयले गरेकाे कार्यक्रममा जिल्लाका स्थानीय तह र कार्यालय धेरै प्रमुख तथा प्रतिनिधिहरू त्यही औपचारिक प्रस्तुति सकेर कार्यक्रम स्थलबाटै बाहिरिए । जिल्लाका संघीय र प्रदेश सदस्य तथा राजनीतिक दलका प्रमुख प्रतिनिधिहरू भने साझीका रूपमा पुरा समय समीक्षा कार्यक्रममा बसेर सुझाव व्यक्त गरिरहेका थिए । तर जसका लागि सुझाव व्यक्त गरिँदै थियाे अधिकांश कार्यालयका प्रमुखहरू त्यहाँ उपस्थित भएर बाहिरी सकेका देखिन्थे । तर याे वर्षमात्र हाेइन विगतका वर्षहरूमा जस्तै महत्वपूर्ण कार्यालयका प्रमुखहरू प्रगति प्रस्तुतिकरणमा समेत उपस्थित नभएर काठमाण्डाैं गएकाे बुझिएकाे छ ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंक प्रसाद खनालले पटकपटक स्थानीय तहका प्रमुख र कार्यालय प्रमुखहरूलाइ कार्यक्रममा पुरा समय बसेर गम्भीरता पूर्वक सुझाव लिन अाग्रह गरिरहेका थिए । समीक्षा कार्यक्रममा पाल्पाका दश वटै स्थानीय तहले पहिलो दिन आफ्नो प्रस्तुती राखेका थिए । बुधबार भएकाे समीक्षा कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिहरूले गत आवमा पालिकाले गरेका प्रगतिहरूका बारेमा जानकारी गराएका थिए ।


अधिकांशकाे प्रस्तुतीकरणमा कर्मचारी अभाव, समन्वयकाे अभाव, बजेट पर्याप्त नहुनु जस्ता साझा समस्या भेटिएकाे राप्रपा पाल्पाका अध्यक्ष डुल बहादुर कुँवरले बताए । यस्तै राष्टि्य जनमाेर्चाका अध्यक्ष विशाल दर्लामीले स्थानीय तहका प्रमुख र कार्यालय प्रमुखहरू गम्भीर बन्न नसकेकाे र समीक्षा कार्यक्रमलाइ अाैपचारिकता पुरा गर्ने माध्यमका रूपमा मात्र नलिन अाग्रह गरे ।

कार्यक्रममा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माअाेवादी, नेकपा समाजवादी दलका प्रमुख तथा पत्रकारहरूहरूले समेत स्थानीय सरकारहरूले उपलब्धी देखाउन नसकेको र अाैपचारिकताका लागिमात्र जस्ताे प्रस्तुतीकरण गरिएकाे टिप्पणी गरेका थिए । उनीहरूले बजेट तथा कार्यक्रम पारदर्शी नभएको, टेन्डर तथा सूचना कमिसनका लागि कर्मचारीले बोक्दै हिडेको भन्दै जस्ता प्रश्न गरेका थिए । जवाफमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले जिसस पाल्पाले दिएको फर्मेटमा समावेश गर्न नसकेको बताएका थिए ।

कार्यक्रममा सहभागी पत्रकार तथा नागरिक समाजका अगुवाहरूले समीक्षामा उठेका कुराहरूलाइ सम्बाेधन गरिनुपर्ने, अागामी अार्थिक वर्षका लागि कार्ययाेजना निर्माण गरिनुपर्ने तथा समीक्षाका लागि पर्याप्त समय व्यवस्थापन गरिनुपर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री दलबहादुर राना, लुम्विनी प्रदेशका महिला तथा बालबालिका मन्त्री रमा घर्ती, सभासद्हरू नारायण आचार्य, तुलाराम घर्तीमगर वसन्त, तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलााल श्रेष्ठ, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रतिनिधि मथुरा ढकाल, राप्रपाका अध्यक्ष डुलबहादुर कँवर, राजमाे पाल्पाका अध्यक्ष विशाल दर्लामी लगायतकाे सहभागिता रहेकाे थियाे ।  

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता, समन्वय अधिकारी जनार्दन अधिकारीको स्वागत र समन्वय समितिका अधिकृत भावना पोखरेलको संचालनमा भएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif