शनिबार, १८ असार, २०७९

जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानल विजयी:- जिल्ला समन्वय समिति पाल्पाकाे प्रमुखमा खनाल

भैरब खबर डटकम संवाददाता, शुक्रबार, ३ असार, २०७९

जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानल विजयी:- जिल्ला समन्वय समिति पाल्पाकाे प्रमुखमा खनाल

पाल्पा – जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहितका सबै पदमा एमालेका उम्मेद्वार विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट उम्मेद्वार बन्नुभएका टङ्क खनाल जिल्ला समन्वय समितिको प्रमुखमा विजयी हुनुभएको छ । यस्तै उपप्रमुखमा एमालेकी काशिका गैरे निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै सदस्यहरूमा बसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशबराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित हुनुभएको छ । शुक्रबारसमन्वय समितिका लागि निर्वाचन भएकाे थियाे । विजयी सबै सदस्य एमालेको तर्फबाट उम्मेद्वार बनेका हुन् ।

समन्वय समितिको प्रमुखमा निर्वाचित खनालले ११ मत ल्याउनुभएको छ । खनालका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका यमलाल तिमिल्सिनाले ९ मत मात्र ल्याउनुभएको थियो ।

मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसी का अनुसार एमालेको तर्फबाट उपप्रमुखमा निर्वाचित गैरेले ११ र निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण भुसालले ९ मत मात्र ल्याउनुभएको बताउनुभयो।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif