भैरब खबर डटकम संवाददाता, मंगलवार, १० जेष्ठ, २०७९
प्रेम सुनार
गुल्मी, जेठ–१० । स्थानीय तहको पहिलो निर्वाचनमा भन्दा यसपालीको दोश्रो निर्वाचनमा पालिका प्रम्ुख विजयी भई पदभार ग्रहण गर्दा पहिलो निर्णयका रुपमा अरु भन्दा पृथक र लोकप्रिय कार्यक्रमहरु घोषणा गर्ने ठ्ुलो होडबाजी चलेको पाईयो ।
कसैले न्युनतम विद्युत महसुल पालिकाले ब्यहोर्ने, कसैले विपन्न परिवारलाई स्वाथ्य बीमा गरे बापत लाग्ने शुल्कको ५० प्रतिशत रकम पालिकाले अनुदान दिने , कसैले प्रशुती सेवा लिने महिलालाई निःशुल्क एम्वुलेन्स सेवा दिने लगायत विभिन्न निर्णयहरु घोषणा गरे । तर हाम्रो समाजमा सदियौं देखि पछाडी परेको अर्थात जातिय र लेङ्गिक विभेदमा परेका जनताहरुले अपेक्षा गरेको निर्णय गर्ने हिम्मत भने अधिकांस पालिका प्रमुखहरुले हाल सम् मगर्न नसकेको पाईयो ।
यहाँ सम्मकी सबै खोले विभेद अन्त्य गर्ने र पछाडी परेको समुदायलाई माथी उठाउने उद्घोष गरेर जनयुद्ध गरेको माओवादी र हाल नेकपा माओवादी केन्द्रबाट निर्वाचित पालिका प्रमुखहरुले समेत त्यो वर्ग समुदायले गर्व गर्ने निर्णयहरु गर्न सकेको देखिदैन ।
तर गुल्मीको हकमा एक जना वडाध्यक्षले मात्रै त्यस्तो निर्णय गर्ने हिम्मत गरेका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर– ३ ठुलोल्ुम्पेकका वडाध्यक्ष जितु त्रामु मगर ( जितबहादुर ) ले यस्तो हिम्मत गरेकी उनले आफ्नो वडालाई दुई बर्ष भित्र छुवाछुत तथा जातिय विभेद र लैङ्गिक विभेद अन्त्य गर्ने घोषणा गरे ।
उनले भने–‘ अझै पनि हाम्रो समाज छुवाछत तथा जातिय विभेद र लैङ्गिक विभेदका कारण आक्रान्त छ , यसर्थ म मेरो वडालाई सबै पक्षको सहयोग र साथ लिई आगामी दुई बर्ष भित्र जातिय र लैङ्गिक विभदे अन्त्य गर्ने घोषणा गरेको छु र ब्यबहारतः लागु गर्न पहल गर्नेछु । ’
जातिय विभेदका कारण कैयौं अन्तरजानिय विवाह सम्वन्धमा सामाजले तगारो हालेको, विभिन्न कोणबाट अमाननिय ब्यबहार गरेको र महिलाहरु थप पीडित भएको घटना स्मरण गर्दै वडाध्यक्ष तरामुले समाज रुपान्तरणका लागि सजिला भन्दा पनि चुनौतीपुर्ण निर्णयहरु गर्न र कार्यन्वयनमा ल्याउन प्रयास थालिनु पर्नेमा जोड दिए ।
उनले आफ्नो उक्त घोषणालाई गाउँपालिकाले पनि साथ दिने अपेक्षा राखेको बताए । उनि माओवादी केन्द्र गुल्मी जिल्ला समन्व्य समिति सदस्य तथा नेपाल मगर संघ , लुम्बिनी प्रदेश समिति सचिव हुन् ।