बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

काँग्रेस नेता प्रदीप गिरीको १३ औ दिनको पुण्य तिथिमा नेपाली काङ्ग्रेस पाल्पाद्वारा शोक सभा

सन्‍तोष गहतराज, बिहीबार, १६ भाद्र, २०७९

काँग्रेस नेता प्रदीप गिरीको १३ औ दिनको पुण्य तिथिमा नेपाली काङ्ग्रेस पाल्पाद्वारा शोक सभा

पाल्पा-समाजवादी चिन्तक एवं काँग्रेस नेता प्रदीप गिरीको निधनप्रति पाल्पामा शोक सभा गरिएको छ । नेपाली काँग्रेस पाल्पाको आयोजनामा शोक सभा कार्यक्रम गरिएको हो । पार्टी कार्यालयमा पुष्प गुच्छा अर्पण गरि स्व.गिरीको नाममा १ मिनेट मौन धारण गरिएको  थियो । गिरीका समकालिन पाल्पाका लक्ष्मण खनालबाट गिरीको तस्वीरमा पुष्प गुच्छा अर्पण गरि शुभारम्भ गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री वीर बहादुर राना,एकीकृत समाजवादीका केन्द्रीय सदस्य यादब बहादुर रायमाझी, नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, जसपाका  खिक बहादुर रेश्मी,राप्रपाका जिल्ला अध्यक्ष डुल बहादुर कुवर सहित जिल्लाका विभिन्न राजनीतिक दलका नेता, पत्रकारहरुको उपस्थितिमा शोक सभा गरिएको हो । 

नेपाली काँग्रेस पाल्पाले शोकको घडीमा तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाई र शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गरि स्वर्गीय गिरि प्रती श्रद्वासुमन अर्पण गरिएको  पाटी सचिव  सुनिता अधिकारीले बताउनुभयो । उनका अनुसार १३ औं दिन १६ भदौसम्म कार्यालयमा शोक पुस्तिका राखिएको र शोकसभा आयोजना गरिएको बताउनुभयो  । गिरीको उपचारका क्रममा  ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो । उनी घाँटीको क्यान्सरबाट पीडित थिए । भारतमा उपचार गराएर फर्किएपछि उनमा निमोनिया संक्रमण देखिएको थियो ।  स्वर्गीय गिरी नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, विसं २०६२र६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहा जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सदस्य समेत रहेका थिए ।

शोक कार्यक्रम प्राध्यापक महेन्द्र पन्थीले नेपाली राजनीतिका गिरि समकालीन नेता रहेको बताउनुभयो । विपिलाई वास्तविक रूपमा नजिकबाट पहिचान गर्ने व्यक्ति प्रदिप गिरि हुन । विपिका १४४ ओटा लेखहरू प्रदिप गिरिसँग रहेको थियो । साधारण रूपमा जीवन विताउने व्यक्ति गिरि मन्त्री देखि प्रधानमन्त्री सम्म हुनका लागि अवसर पाउँदा समेत त्याग गरि पाटीलाई योगदान दिने व्यक्ति रहेको बताउनुभयो ।   धेरै पुस्तकहरूको प्रकाशन देखि पत्रकारीता क्षेत्रमा दख्खल राख्ने गिरिले  समाजवादको सिद्धान्तलाई अवलम्बन गर्दै सिमान्तकृत बर्गको उत्थान नभइ देशको विकास नहुने  कुरामा विश्वस्त रहनुभएको थियो । समाजवादीमा दमजम उत्थान नगरि देशको विकास नहुने हुदा उक्त सिद्वान्तको प्रतिपादन गर्नुभएको बताउनुभयो । 


नेपाली काङ्ग्रेस पाल्पाका महासमिति सदस्य राजेन्द्र गोपाल सिंले समाजवादी चिन्तक गिरिका बिचारहरू महोत्वपुर्ण रहेकोले राजनीति रूपमा छलफल र विश्लेषण गरि राजनीति बिषय बस्तु बनाउनुपर्ने बताउनुभयो । कार्यक्रम प्रजातान्त्रिक विचारधारा संघ त्रिभुवन बहुमुखी क्याम्पसका इकाई सभापति जीवन बहादुर थापाको स्वागत र पाटी सचिव सुनिता अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

काँग्रेस नेता प्रदीप गिरीको १३ औ दिनको पुण्य तिथिमा नेपाली काङ्ग्रेस पाल्पाद्वारा शोक सभा

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif