सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

कांग्रेस १४ औं माहाधिवेशन ;पाल्पाको कान्छो वडा सभापति ज्ञावली

सन्ताेष गहतराज, शुक्रबार, २५ भाद्र, २०७८

कांग्रेस १४ औं माहाधिवेशन ;पाल्पाको कान्छो वडा सभापति ज्ञावली

पाल्पा-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हाल सम्म वडा अधिवेशनमा सम्पन्न ५७ जिल्लामा युवा तह देखि वृद्धहरु नेतृत्वमा देखिएको हो । वडा अधिवेशनले विशेष गरी नेतृत्व तहमा युवाहरुलाई छनौट गरेको छ ।
क्रियाशिल सदस्यता विवाद समाधान संगै गत भाद्र २१ देखि वडा अधिवेशन सुरु भएको पाल्पाको ८१ वडामा पनि अधिवेशन सकिएको छ । यस अघि पाका पुस्ताको नेतृत्व रहँदै आएकोमा पाल्पामा पनि युवा नेतृत्व कै हाबी देखिएको छ । २ नगरपालिका र ८ पालिकामा सम्पन्न भएको वडा अधिवेशनमा २८ वर्षिय प्रकाश ज्ञावली जिल्ला कै कान्छो वडा सभापति बन्नु भएको छ । ज्ञावली रामपुर नगरपालिका वडा नं। ३ को वडा बाट सर्वसहमतिमा नेतृत्वमा पुग्नु भएको हो ।

ज्ञावली विद्यार्थी राजनीति देखि तरुण दल हुँदै सक्रिय राजनितीमा लाग्दै आउनु भएको छ । नेपाल तरुण दल रामपुरका सहसचिव समेत रहनु भएका ज्ञावलीलाई नगरभित्रका हरेक गतिविधिमा स्पष्ट धारणा राख्ने सक्रिय व्यक्तिको रुपमा चिनिएका थिए । वडा सभापतिमा निर्वाचित ज्ञावलीले आफु नामका लागि नभई कामका लागि नेतृत्वमा आएको बताउनुभयो । ज्ञावलीले भन्नु भयो, ‘विगत देखि नै समाजिक कार्यमा सक्रिय भएर लाग्दै आएको छु । म नामको लागि होइन समाजमा युवाको तर्फ बाट केही गर्छु भनेर सक्रिय राजनितीमा आएको हुँ ।’ ज्ञावलीले आफु सिकाईको चरणमा रहेको भन्दै अग्रजहरुको सुझाव र सल्लाह अनुसार अघि बढ्ने समेत बताउनुभयो ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif