सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राख्दै तिनाउले ४७ करोड ७६ लाख बराबरको बजेट सार्वजनिक

bhairab khabar, शनिबार, २८ चैत्र, २०७७

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राख्दै तिनाउले ४७ करोड ७६ लाख बराबरको बजेट सार्वजनिक

पाल्पा-जिल्लाको तिनाउ गाउपालिकाले आगामी बर्ष २०६७/२०७८ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।   गाउँपालिकाले आगामी वर्षको लागि कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राख्दै ४७ करोड ७६ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष दमयन्ती ताथाले नीति तथा कार्यक्रमलाई पूरा गर्नको लागि ४७ करोड ७६ लाख ९२ हजार ८ सय ६५ रुपैंया बराबरको अनुमानित आय व्यय प्रस्तुत गर्नुभयो ।उहाँले कोभिड नियन्त्रण, व्यवसायीक कृषि, पशुपालन, सडक पूर्वाधार विकास, विद्युत विस्तार लगायतका क्षेत्रमा बजेट प्राथमिकतामा राखेको बताउनुभयो । पूजीगततर्फ १८ करोड ८८ लाख ६० हजार ८ सय ६५ र चालुतर्फ २७ करोड ७७ लाख २२ हजार विनियोजन गर्न पेश गर्नुभएको छ ।

गाउँसभाको चालु अधिवेशनले बजेट तथा नीति कार्यक्रम पास गर्नेछ । गाउँसभामा विकासको मेरुदण्ड सडक भएकाले सडक नपुगेका ठाउँमा सडक विस्तार र स्तरउन्नती गर्ने नीति लिइएको छ । यस्तै खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो ।यस्तै सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, स्वास्थ्य संस्थाको स्तरउन्नती, स्वास्थ्य इकाईहरुको संचालन, यस्तै शिक्षा तर्फ आधारभूत तहका विद्यालयहरुमा आउँदो शैक्षिक सत्र देखि अनिवार्य रुपमा १ देखि ३ सम्मको कक्षामा अंगे्रजी माध्यमबाट अध्यापन गराइने कार्यलाइ निरन्तरता दिइने छ ।
गाउपालिका भित्रका माध्यामीक विद्यालयहरुलाई आवासिय विद्यालयको रुपमा विकास गरिदै लगिने छ । भवन निर्माण तथा अभिलेखिकरण लगायतका काम गर्ने समेत योजना रहेको छ ।

गाउँसभामा उपाध्यक्ष दमयन्ती थापा प्रवक्ता राजेश श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, वडा अध्यक्षहरु, विषयगत समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif