सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

कर संकलनमा सहजता ल्याउन बगनासकाली गाउँपालिकाका कर्मचारीलाई अभिमुखीकरण

सन्‍तोष गहतराज, बिहीबार, ३ भाद्र, २०७८

कर संकलनमा सहजता ल्याउन बगनासकाली गाउँपालिकाका कर्मचारीलाई अभिमुखीकरण

पाल्पा । जिल्लाकाे बगनासकाली गाउँपालिकाले राजस्व संकलन तथा दाखिला सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले राजस्व संकलन गर्ने नौ वटै वडाका वडा सचिव र वडा सहायकको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले जानकारी दिनुभयो । उहाँले वित्तिय सुशासन र स्थानीय तहमा कर तथा राजस्व संकलनलाई व्यवस्थित गर्न अभिमुखीकरण आयोजना गरिएको बताउनुभयो ।

गाउँपलिकाले आन्तरिक राजस्व वृद्धि, राजस्व संकलनमा आएका समस्या र समाधानका उपाय पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आर्थिक प्रशासन शाखा प्रमुख कोशलराज पौड्यालले बताउनुभयो । अभिमुखीकरण कार्यक्रले वित्तीय सुशासन र करका दर, दायरा र सम्भाव्यताको खोजी गर्न सहयोग पुग्ने पौड्यालको भनाई छ । ‘गाउँपालिकाका सवै वार्डमा अनलाइनमार्फत राजस्व संकलन गरिएकोले राजस्व संकलन गर्ने कर्मचारीका लागि अभिमुखीकरणले क्षमता विकास गर्नेछ ।’ कार्यक्रम सहजर्ता एवम् आर्थिक प्रशासन शाखा प्रमुख पौड्यालले बताउनुभयो । कर प्रणालीमा सूचना प्रविधिको प्रयोग, समस्या र समाधानका विषयमा अभिमुखीकरणले सहजता ल्याउने गाउँपालिकाका सूचना प्रविधि अधिकृत ध्रुव पराजुलीले जानकारी दिनुभयो । श्रावण ३० गते शनिबार बगनासकाली गाउँपालिकाको आयोजनामा भएको अभिमुखीकरणमा आर्थिक प्रशासन, प्रशासन र सूचना प्रविधि शाखाका कर्मचारी, सवै वार्डका कर्मचारीको सहभागिता थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले अभिमुखीकरण कार्यक्रमले पालिकाका नाै वटै वडाका नागरिकहरूले तिरेको करकाे सहि सदुपयोग गर्न तथा कर्मचारीहरूकाे कार्य क्षमतामा वृद्धि गर्न सहयोग पुग्ने बताउनु भयाे । पछिल्लो समयमा अत्याधुनिक प्रविधिकाे प्रयाेगद्वारा करकाे संकलन एवम अभिलेखिकरण गर्ने प्रविधिकाे विकास भएको हुदा उक्त प्रविधि सम्बन्धि तालिमले कर्मचारीमा काम गर्ने क्षमतामा वृद्धि हुने बताउनुभयो ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif