भैरब खबर डटकम संवाददाता, सोमबार, २ माघ, २०७९
पाल्पाको रैनादेवी छहरा सरकारले खुर्साने बस दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएको छ ।रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुर्साने गाउँमा गएको पुस २२ गते यात्रुवाहक बस दुर्घटना हुँदा एकै गाउँका ६ जना महिला तथा बालिकाको मृत्यु भएको थियो । दुर्घटना भएर मृत्युभएका परिवारलाई समेबेदना प्रकट गर्न पुगेका गाउँपालिका अध्यक्क्ष रुक्मागत भटराई,उपाध्यक्ष युवराज थापा विपद संयोजक महेश वराल,८ नम्बरका वडा अध्यक्ष रेम ब, राना ४ नम्बरका वडा अध्यक्ष ,गोबिन्द रायामाझि कार्यपालिका सदस्य कबिता खनाल र वडा सदस्य टोप ब,पुनलगाएतको टोली घरमै पुगेर २५ हजार नगद सहित राहत प्रदान गरेको गाउँपालिकाले जनाएको छ । बस दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुर्साने गाउँका ११ वर्षका सरुमा घिमिरे, ३३ वर्षका निर्मला घिमिरे, ५४ वर्षका खिम कुमारी राना, ४५ वर्षका गुनी गाहा र २१ वर्षका कमला भनिने दानकुमारी खत्री र १९ वर्षका बीमा पाण्डेको मृत्यु भएको थियो ।यस्तै सोही स्थानमा केही समय पहिला चट्याङ्ग बाट मृतु हुने लिला ब,कार्किका परिवार लाई समेत गाउँपालिकाले राहत प्रदान गरेको थियो । दुर्घटनामा परेको ग १ ख ४९७७ नम्बरको बस रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गर्दा घटना भएको थियो ।