सन्तोष गहतराज, मंगलवार, १७ श्रावण, २०७९
पाल्पा-जिल्लाको रिब्दीकोट गाउँपालिकाको पाल्पा रिब्दीकोटको अकबरे खुर्सानी उधोगले कृषकहरूले उत्पादन गरेको खुर्सानीको खरिद गर्न शुरू गरेको छ । रिब्दीकोट गाउँपालिकाले पालिकाका ८ वटै वडामा ५० प्रतिशत अनुदानमा अकबरे खुर्सानी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम मार्फत कृषकहरूले अकबरे खुर्सानी खेती गरेका थिए हाल उक्त खुर्सानीबाट उत्पादन लिन सफल भएका छन । कृषकहरूले खुर्सानीको उत्पादन गरेता पनि बजारमा सोचे जस्तो बजार मुल्य नपाउदा चिन्तित रहेको बेला पाल्पा रिब्दीकोट अकबरे खुर्सानी उधोगले कृषकहरूको खुर्सानी खरिद गरि बिक्री गर्ने कार्यको शुरूवात गरेको हो ।
उधोगले खुर्सानीको संकलनको लागि वडा न ३ को खस्यौमा यसि सहित संकलन केन्द्रको स्थापना गरेको छ । पालिकाको ८ वटै वडामा उत्पादित अकबरे खुर्सानी उधोगले संकलन गरि बजारीकरण गर्ने छ । यस कार्यबाट उचित मुल्य नपाएका कृषकहरूलाई राहत हुने भएको हो । रिब्दीकोट गाउँपालिका वडा न ३ का कृषक लक्ष्मी सुन्धौलीले गाउँपालिकाबाट अनुदान प्राप्त गरि अकबरे खुर्सानी लगाउनु भएको थियो । उहाको बारीमा अकबरे खुर्सानी फल्न थाली सकेका छन । करिब २ रोपनी क्षेत्रफलमा खुर्सानी खेती गर्नु भएकि सुन्धौलीले बजारमा भनेजस्तो मुल्य नपाउदा चिन्तित रहनुभएको थियो । हाल उधोगले खरिद गरिदिने भए पछि राहत मिलेको बताउनुभयो ।
त्यस्तै रिब्दीकाट गाउँपालिका वडा न २ देउरालीकि कमला गौतम पेशाले शिक्षक हुन । दिउसोको समयमा शिक्षण पेशाको लागि विद्यालय जाने गौतम हाल अकबरे खुर्सानी खेतीमा आकर्षित हुनुभएको छ । करिब ३ रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेतीको गरेको बताउने गौतमले हाल अकबरे खुर्सानीबाट राम्रो उत्पादन लिन सफल हुनुभएको छ । बारीमा लगाएको मकै लगाएतका बाली बादर लगाएत बन्यजन्तुले आक्रमण गरे पछि खुर्सानी खेती शुरू गर्नुभएकी गौतम अहिले अकबरे खुर्सानीमा आकर्षित हुनु भएको छ ।
रिब्दीकोट गाउँपालिकाका पुर्व गाउँपालिका अध्यक्ष एवम पाल्पा रिब्दीकोट अकबरे खुर्सानी उधोगमा व्यवस्थापन नारायण बहादुर जिसीले अकबरे खुर्सानीलाई उधोगमा संकलन गरि बजारीकरण गरिने बताउनुभयो । गाउँपालिकाको ८ वटै वडाहरूमा उत्पादन भएका खुर्सानीलाई संकलन केन्द्रमा संकलन गर्ने र विक्री वितरण गरि कृसानलाई रकम हस्तान्तरण गर्ने गरि अकबरे खुर्सानी उधोगको शुभारम्भ गरिएको बताउनुभयो ।
कृषकहरूले उत्पादन गरेको खुर्सानीको उचित मुल्य नपाउदा चिन्तित रहेको बताउने उधोगले बुटवल भैरहवा लगाएतका उधोगहरूसँग सहकार्य गरि खुर्सानीको बजारीकरण गर्ने र प्राप्त रकमलाई कृषकको बैंक खाता मार्फत हस्तान्तरण गर्ने गरि कार्यको शुरूवात गरिएको बताउनुभयो । उधोगले आगामी दिनमा कृषकहरूले उत्पादन गरेको खुर्सानी मात्र होइन बेसार,अदुवाको समेत उधोगमा संकलन गरि बिक्री वितरण गर्ने योजनाका साथ अगाडि बढेको छ , व्यवस्थापन जिसीले बताउनुभयो ।