मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

लामाे प्रयास पछि पाल्पा बुटवल सडक खण्ड एक तर्फी सञ्चालनमा

सन्ताेष गहतराज, बिहीबार, ३ असार, २०७८

लामाे प्रयास पछि पाल्पा बुटवल सडक खण्ड एक तर्फी सञ्चालनमा

पाल्पा- तीन दिन देखि अबरूद्व पाल्पा बुटवल सडक खण्ड एक तर्फी रूपमा सञ्चालन भएको छ । लगातार तीन दिन देखि परेको झरिका कारण  गएको  पाल्पा तानसेन ८ जरेपिपल,गौडेपुल स्थित सिद्दार्थ राजमार्गमा अबिरल बर्षाको कारण सडक देखी माथीबाट पहिरो खसी पुर्ण रुपमा बाटो अबरोध भएको थियो । 


पानीसँगै परेकाे पहिराेले गाैडेपुल नजिक पहिराेले सडक  बगाएकाे थियाे । यस्तै सिद्धबाबा कालीमाटी लगाएतका क्षेत्रमा समेत पहिराे खसेकाे थियाे ।प्रहरी र सडक डिभिजन कार्यालय संग समन्वयमा सडक एकतर्फी सञ्चालनमा आएकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लामाे समयकाे प्रयास पछि करिब दिउँसाे पाैने तीनबजेदेखि सुचारु भएकाे हाे । सडक अबरुद्ध भएसँगै राजमार्गमा सयाै सवारीहरु अलपत्र रहेका थिए ।


तीन दिन यता परेको बर्षाका कारण जिल्लाका पक्की एवम कच्ची सडकहरू अवरुद्ध छन । जस्का कारण यात्रुहरूलाई यात्रा गर्नका लागि समस्या रहेको छ । ग्रामीण भेगमा अधिकाश सडकहरू अवरूद्व छन ।

बाटाहरूमा दर्जनाै ठाउँहरूमा पहिराे झरेका छन भने कतिपय ठाउँहरूमा पहिराेले सडक बगाउदा हिड्ने बाटाे समेत नरहने गरि बाटो अवरूद्व रहेको हाम्रा संवाददाताहरूकाे भनाइ छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif