सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

मृगौला पिडित सम्राट रानालाई प्रवासी हातेमालो युवा समुहको सहयोग

सन्ताेष गहतराज, बिहीबार, २५ कार्तिक, २०७८

मृगौला पिडित सम्राट रानालाई प्रवासी हातेमालो युवा समुहको सहयोग

पाल्पा-विदेशीमा रहेका नेपाली युवाहरूको समूह प्रवासी हातेमालो युवा समुहले तानसेन ११ बन्दिपोखराका सम्राट रानालाई सहयोग हस्तान्तरण गरेको छ । प्रवासी हातेमालो युवा समुहको आर्थिक सहयोग र सिर्जनशिल समुहको कुन्सरेकने सहकार्यमा एक कार्यक्रमका बिच २० हजार  ६ सय ६० रूपैया शिशुको उपचारको लागि प्रदान गरिएको हो । 


रकम हस्तान्तरण गर्दै सस्थाका संयोजक रेवन्त सिङ्जालीले शिशुको उपचारमा सहयोग पुगोस भनी रकम हस्तान्तरण गरेको बताउनुभयो । भैरव खबर डट कमबाट समचार सम्प्रेषण भए पश्चात् विदेशमा रहेका युवाहरूले उपचारमा थप सहयोग पुगोस भनी रकम हस्तान्तरण गरेको बताउनुभयो । सस्थाले विगतको समयमा मृगौला पिडितहरूको एवम आर्थिक अवस्था कमजोर भएका नागरिकहरूको घरघरमा पुगी सहयोग गर्ने कार्य गरेको बताउदै आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता साथ अगाडि बढाउने बताउनुभयो । रकम ग्रहण गर्दै शिशु सम्राटका बुवा लेख बहादुर रानाले सस्थाले गरेको सहयोगले उपचार धेरै राहत प्राप्त भएको बताउनुभयो । उपचारको क्रममा लाखौं रूपैयाँ खर्च भइसके बताउने रानाले सस्थाले गरेको सहयोग प्रती धन्यवाद दिनुभयो । 

सहयोग हस्तान्तरण कार्यक्रम सिर्जनशिल समूह कुन्सरेका सदस्यहरू,स्थानीय समाजसेवी अमर राना,पदम राना लगाएतको उपस्थिति रहेको थियो । १८ महिने शिशु सम्राट रानाको मृगौलामा ट्युमर देखा परे पश्चात् अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समयमा देश विदेशीबाट उपचारको लागि सहयोग आउने क्रममा भइरहेको छ । 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif